१५ सेकेन्डमा एक जनाको कोरोनाका कारण जाँदैछ ज्यान !

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ। बितेको २४ घण्टामा ६ हजार २ सय ९८ जनाको ज्यान गएसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको हो।

पहिल्ला केहि दिन देखि विश्वभर ६ हजार भन्दा बढीको ज्यान गइरहेको छ। यस अर्थमा विश्वभर एक घटनामा करिब २५० अथवा हरेक १५ सेकेन्डमा १ जनाको कोरोनाका कारण ज्यान गइरहेको छ। यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरस संक्रमणका कारण विश्वभर ७ लाख ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाका कारण बितेको २४ घण्टामा सबै भन्दा धेरै ब्राजिलमा ज्यान गएको छ। त्यहाँ १ हजार ३ सय ९४ जनाले ज्यान गुमाएका छन्। जससँगै ब्राजिलमा कोरोनाक कारण ज्यान गुमाउनेको संख्या ९६ हजार ९६ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा ब्राजिल पछि सबै भन्दा धेरै अमेरिकामा गएको छ। बितेको २४ घण्टामा त्यहाँ १ हजार ३ सय ६२ जनाले ज्यान गुमाएका छन्। यो समाचार तयार पार्दा सम्म त्यहाँ १ लाख ६० हजार २ सय ९० जनाको ज्यान गइसकेको छ।

कोरोनाबाट अतिप्रभावित तेस्रो मुलुकको रुपमा रहेको भारतमा गएको २४ घण्टामा ८ सय ४९ जनाको ज्यान गएको छ। भारतमा अहिले सम्म ३९ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन्।

विश्वभर संक्रमित

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८६ लाख ९२ हजार ३ सय ७६ पुगेको छ। जसमध्ये २ लाख ५० हजार भन्दा बढी गएको २४ घण्टामा थपिएका हुन्। सबै भन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ अहिलेसम्म ४९ लाख १८ हजार ४ सय २० संक्रमित फेला परेका छन्।

यस्तै अतिप्रभावित दोस्रो र तेस्रो मुलुक ब्राजिलमा संक्रमितको संख्या २८ लाख ८ हजार ७६ पुगेको छ भने भारतमा १९ लाख ६ हजार ६ सय १३ पुगेको छ।

प्रकाशित : बुधबार, साउन २१, २०७७०७:२१

सन्तानलाई संसार देखाउँदा जो आफ्नो ज्यान गुमाउँछन् …