सन्तानलाई संसार देखाउँदा जो आफ्नो ज्यान गुमाउँछन् …

जाजरकोट । महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृ-त्यु भयो ।

उनीहरुको मृ-त्यु पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृ-त्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिन्छ ।

वर्षायामको हिलो र भत्किएका बाटोमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ति निकाल्दा पनि उनीहरु मृ-त्युको मुखमा परेका हुन् । मानिसको जीवनमा जन्म हुँदा जती खुशियाली छाउँछ, उत्तिकै पीडा मृ-त्युमा हुन्छ । बच्चा जन्माएर परिवारमा खुशी दिने, बूढेसकालको सहारादेखि नयाँ सदस्यले कूल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुशी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो ।

त्यस्तै आज कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गएको छ । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था राम्रो भए पनि आमाको ज्यान भने बचाउन सकिएन । दुई छोरीकी आमा छोराको आशमा तेस्रो पटक गर्भवती भएकी थिइन ।

त्यस्तै विषालु च्याउ खाँदा जुनीचाँदे गाउँपालिका स्याक्रीका पाँच जनाको ज्यान यसै साता गएको छ । उनीहरुको पनि समयमै उपचार नपाएर मृ-त्यु भएको छ । स्थानीय औषधि पसलमा उपचार गरेर दुई दिनपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत ल्याउँदा उनीहरुको ज्यान गएको हो ।

अहिले अन्य दुई जनाको उपचार कार्य जारी रहेको छ । त्यस्तै कुशे गाउँपालिका–६ भार्म भिरबाट साउन ८ गते लडेर कुशे–४ ताँगाचौरका ५४ वर्षीय सार्की दमाईको मृ-त्यु भयो । सोही ठाउँका ४५ वर्षीय नैने दमाई गम्भीर घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा उनको उपचार कार्य जारी छ ।

बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोमा परी १४ जनाले ज्यान गुमाए । एक अझै बेपत्ता छन् । घाइतेको दुई दिनपछि मात्र उद्धार गरिएको थियो । मौसम खराब भएको भन्दै उद्धारमा ढिला भएको थियो ।

आज मात्र डोल्पामा रहेको मामाघर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसीलाई नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकीे छिन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको रु दुई लाख ७५ हजार सहयोगमा हेलिकप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । पहुँचमा स्वास्थ्य संस्था नहुनु र जहाँ त्यही कानून मिचेर स्थापना गरिएका औषधि पसलको उपचारले मानिसको ज्यान नबच्दा मानवीय भारी क्षति भएको छ ।

घरमै सुत्केरी हुने, आपत् परे स्वास्थ्य संस्था आउँदा मृत्यु

नजिक स्वास्थ्य संस्था, सञ्चार र सडकको सहज पहुँच नभएको हाम्रोजस्तो जिल्लामा सुत्केरीको ज्यान बढी गएको देखिन्छ । गर्भजाँचदेखि सुत्केरीसम्म घरमै हुँदा अकालमै ज्यान जानेको सङ्ख्या बढेको हो ।
विगतकै जस्तो परम्परावादी उपचार विधि प्रयोग गर्दा उपचारमा खेलाची भई ज्यान जाने गरेको पाइन्छ । यसका लागि गाउँमा रहेका धामी र वैद्यी काम गर्ने महिलालाई स्वास्थ्यसम्बन्धी तालीम दिन जरुरी रहेको छ ।

औषधि बिक्री गर्न बसेका औषधि व्यापारी डाक्टर हुँदा उपचार पद्धति नेमिल्दा धेरैको अकालमै ज्यान जाने गरेको छ । स्वास्थ्य संस्थाभन्दा औषधि पसलको विश्वास मान्ने हाम्रो चेतनाका कारण धेरैको अकालमै ज्यान गएको छ । गाउँका स्वास्थ्य संस्थाले आफ्नो विश्वास आर्जनका लागि भारी मेहनत गर्नुपर्ने देखिन्छ ।

चनाखालाई हेलिकप्टर, कमजोर मृत्यु

जाजरकोटमा अहिलेसम्म उद्धार भएका सबै पहुँच र चनाखो व्यक्ति रहेका छन् । जसले नेता, कर्मचारी र प्रहरीको सजिलै पहुँचमा जान सक्छ, उसको मात्र ज्यान बचेको देखिन्छ । आफ्ना आवाज कसैसँग पुर्‍याउन नसक्ने सर्वसाधारणको अकालमै मृत्यु हुने गरेको जुनीचाँदे गाउँपालिका–४ का रेशम खड्काले बताए ।

प्रकाशित : बुधबार, साउन २१, २०७७०७:४४

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक