प्रत्यक राशिमा हुन्छ यस्ता अद्भुत गुण, तपाईंमा कस्ता गुण छन् त ? जान्नुहोस् !

ज्योतिषशास्त्रका अनुसार प्रत्येक व्यक्ति आफ्नो राशिको प्रकृतिको आधारमा यस समाजमा आफ्नो आधार स्थापित गर्न सक्षम हुन्छ। केही राशिका मानिस शान्त वा चिरस्थायी स्वभावका हुन्छन्, कोहिमा विपरित परिस्थितिहरूको सामना गर्न अद्भुत क्षमता हुन्छन्, जबकि केहि परिस्थिति अनुसार प्रत्येक परिस्थितिमा आफू अनुकूल हुन्छन्। वास्तवमा हामीले आफ्नो राशिको प्रभाव परिवर्तन गर्न सकिँदैन तर यसको प्रकृति राम्ररी बुझेर, आफ्नो , जीवनको कुनै दिशा, आफ्नो दृष्टिकोण भने सुधार्न सक्छौँ।

ज्योतिषशास्त्रमा १२ राशि छन् र यी बाह्र राशि मुख्यतया ३ आधारभूत गुणहरू अन्तर्गत पर्छन्। यी तीन आधारभूत गुणहरू निम्नानुसार छन्: पहिलो, व्यक्तिको व्यवहारमा स्थिरता। दोस्रो, परिस्थिति अनुसारको स्वभाव र तेस्रो, मौलिकता वा नयाँ सोचाइ।

दृढ़निश्चयी वा स्थायी गुण – वृष, सिंह, वृश्चिक र कुम्भ राशि

यो गुण मुख्यत: वृष, सिंह, वृश्चिक र कुम्भ राशिका मानिसको प्रकृतिमा समावेश हुन्छ। यिनीहरू कुनै पनि निर्णय पूर्ण विश्वासका साथ लिन्छन्। यिनीहरू कुनै पनि काम पूर्ण विश्वासका साथ गर्छन्। यहि आत्मविश्वास नै यिनीहरूको स्थिर प्रकृतिको कारणले हो। यिनीहरु स्वभावमा जिद्दी किसिमका पनि हुन्छन्। यी राशिका मानिस आफूमा त अत्याधिक विश्वास गर्छन् तर अरुमा विश्वास गर्दैनन्। यिनीहरूको यहि स्वभावका कारण, यिनीहरुलाई गाह्रो परिस्थितिहरूमा अरु मानिसहरूलाई बुझ्न र कठिन परिस्थितिमा संघर्ष गर्न कठिनाई हुन्छ।

परिवर्तनशील गुण – धनु, कन्या, मीन र मिथुन राशि

यी गुणहरू मुख्यतया धनु, कन्या, मीन र मिथुनका राशिका मानिसको प्रकृतिमा समावेश हुन्छ। यिनीहरूको परिवर्तन गर्न सक्ने क्षमताका कारण यिनीहरुलाई सबैभन्दा योग्य र अनुकूल मानिन्छ। यिनीहरु परिस्थिति, वातावरण वा मान्छे को प्रकृति हेरेर आफूलाई अनुकूलन गर्न सक्षम हुन्छन्। यी मानिसहरु खुल्ला स्वभावका हुन्छन् र सजिलैसँग व्यक्तिको दृष्टिकोण बुझ्न सक्षम हुन्छन्। वरपरको वातावरण अनुसार वा विपरित प्रकृतिको मानिसहरुको बीचमा आफैंलाई अनुकूलपार्न सक्नु नै यी राशिका मानिसको विशेष गुण हो।

आधारभूत वा मौलिक गुण – मेष, कर्कट, तुला र मकर राशि

यी चार राशिका मानिसमा मौलिकताको विशेष गुण हुन्छ। यी व्यक्तिहरू जहिले पनि केहि नयाँ गर्न चाहन्छन् र यिनीहरुको यस्तो स्वभावले अरूलाई पनि प्रेरित गर्छ। यस प्रकृतिका कारण, यी मानिस सँधै समस्याहरूको सामना गर्न नयाँ तरिका खोज्छन्। यिनिहरुको एक खास गुण भनेको यी राशिका मानिसले खराब परिस्थितिमा पनि साथीहरूलाई सहयोग गर्ने प्रयास गर्छन् र असल मित्र साबित हुन्छन्।

प्रकाशित : बुधबार, साउन २१, २०७७१६:३९

इमानदारीलाई किन मानिसको सबैभन्दा ठूलो शत्रु मान्थे त चाणक्य ? जान्नुहोस् !