एजेन्सी – कलाकारहरुको विवाहले सामान्य व्यक्तिहरु भन्दा अलि बढीनै चर्चा पाउने गरेको छ। आफ्नो विवाहमा राजा-रानी भन्दा कम नदेखियोस् भनेर कलाकारहरु विशेष ध्यान दिन्छन्।
विशेष गरेर बलिउड कलाकारहरु आफ्नो विवाहमा ठूलै रवाफ देखाउने गर्छन्। अरु कलाकार भन्दा आफ्नो विवाह उत्कृष्ट रहोस् भनेर उनीहरु ठूलै तामझाम गर्छन्।
आज हामी यहाँ विवाहमा सबै भन्दा सुन्दर देखिएका बलिउड नायिकाहरु बारे चर्चा गर्दै छौँ।
बिपाशा बसु
बिपाशा बसुको सन् २०१६ अप्रिल ३० को दिन अभिनेता करन सिंह ग्रोवरसंग विवाह भएको थियो। बेहुली हुँदा विपाशा ज्यादै सुन्दर देखिएकी थिइन्।
प्रियंका चोपडा
सन् २०१९ १ र २ डिसेम्बरमा प्रियंकाले जोधपुरको उम्मेद भवनमा प्रियंका चोपडाले अमेरिकी गायक-अभिनेता निक जोनससंग विवाह गरेकी थिइन्। बेहुली हुँदा ज्यादै सुन्दर देखिएकी प्रियंकाका तस्विरहरु त्यस समयमा भाइरल समेत भएका थिए।
सोनम कपूर
सन् २०१८ मा सोनामले आनंद आहूजासंग विवाह गरेकी थिइन्। धुमधामका साथ गरिएको उक्त विवाहमा सोनाम परी जस्तै देखिएकी थिइन्। फेसन सेन्सको कारण चर्चामा हुने सोनामको बेहुली अवतार पनि त्यस समयमा चर्चाको विषय बन्यो।
दीपिका पादुकोण
दीपिका पादुकोणले सन् २०१८ मा अभिनेता रणवीर सिंहसंग विवाह गरेकी थिइन्। दीपिका बेहुली भएर मण्डपमा बसेका तस्विरहरु त्यसबखत भाइरलनै भएका थिए। तस्विरहरुमा उनी कुनै एक रानी भन्दा कम देखिएकी थिइनन्।
सोहा अली खान
नवाब खानदानकी छोरी सोहा अली खानले सन् २०१५ मा अभिनेता कुणाल खेमूसंग विवाह गरेकी थिइन्। राजखानदानबाट रहेकी हुँदा सोहाको विवाह राजर्षी तरिकाबाटै सम्पन्न गरिएको थियो। बेहुली हुँदा सोहा पनि ज्यादै सुन्दर देखिएकी थिइन्।