काठमाडौँ : रणबीर कपूरसँग ब्रेकअप भएपछि कट्रिना कैफको झुकाव फेरि पनि सलमान खानतर्फ बढ्यो र सलमानले पनि कट्रिनालाई माफ गरे र स्वीकारे। खासमा सलमान खान सजिलै माफ दिने मान्छे भने होइनन्, यो कुरा विवेक ओबेरायसँगको टकरावबाट पनि बुझ्न सकिन्छ। तर कट्रिनासँगको कुरा फरक भयो। उनी सलमानको ‘खास’ मित्र हुन्।
रणबीरको चक्करमा परेर कट्रिना कैफले आफ्नो करियरलाई पनि लात मारेकी थिईन्। जब उनी बलिउडमा फर्किन् त्यतिबेला माहोल बदलिसकेको थियो। दीपिका पादुकोण, अनुष्का शर्मा, आलिया भट्ट जस्ता अभिनेत्रीहरु उनी भन्दा अघि बढिसकेका थिए। कट्रिना फेरि एकपटक आफूले गुमाएको स्थान हासिल गर्न चाहन्थिन्।
सलमानले उनलाई ‘टाइगर जिन्दा है’ मा काम दिलाएका थिए। ‘भारत’ बाट जब प्रियंका चोपडाले अन्तिम क्षणमा आएर हात निकालिन्, सलमान खानले कट्रिनालाई फिल्ममा अनुबन्ध गरे। सलमान खानले जब शाहरुख खानले उनले आफूले रिजेक्ट गरेको फिल्म ‘जिरो’ मा काम गर्दै छन् भन्ने थाहा पाए, उनले कट्रिनालाई अभिनेत्रीको रुपमा काम दिलाउन शाहरुख खानलाई सिफारिस गरे। शाहरुख खानले उनको अनुरोधलाई सहर्ष स्वीकारे।
अर्कोतर्फ एक अर्का खान आमिरसँग कट्रिना मेगा बजेट फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा काम गरिरहेकी थिईन्। एकै समयमा कट्रिनाले तीनै खानसँग स्क्रिनमा रोमान्स गरिरहेकी थिईन्। यस्तो सौभाग्य कमै अभिनेत्रीहरुले मात्र पाउँछन्।
तीन खान सुपरस्टारसँग फिल्ममा एकैसमय काम गरेकी कट्रिनाका तीनै फिल्म वर्षका ठुला पर्वमा रिलिज हुँदै थियो। ‘ठग्स अफ हिन्दोस्तान’ दिवालीको समयमा, ‘जिरो’ क्रिसमसमा र ‘भारत’ ईदमा। कट्रिनालाई लागिरहेको थियो कि आफू लामो छलाङ मार्न जाँदै छु तर सबै सोचेका कुरा कहाँ पुग्छन्।
दिवालीमा ठुलो धमाकाको आशासहित ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भयो तर त्यो फुस्सा साबित भयो। अमिताभ बच्चन, आमिर खान र कट्रिना कैफ जस्ता स्टारहरु भए तापनि फिल्मले बक्स अफिसमा पानी सम्म भन्न पाएन। दर्शकले फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले आफूले ठगिरहेको कुरा बुझ्न धेरै समय लगाएनन् र अन्तत: फिल्म फ्लप भयो।
त्यसपछि आफ्नो सिंहासन बचाउनको लागि दिलोज्यान लगाएर मेहनत गरी शाहरुख खानले क्रिसमसमा ‘जिरो’ लिएर आए। फिल्ममा उनीसँगै कट्रिना र अनुष्का पनि थिईन्। तर यो फिल्म बक्स अफिसमा जिरो साबित भयो। कट्रिनालाई बचाउने चक्करमा आफू नै सर्लक्कै डुबे शाहरुख।
अहिले सलमान खानको फिल्म ‘भारत’ प्रदर्शनमा छ। ईद र सलमानको सफलताको सम्बन्ध त जगजाहेर नै छ। ‘भारत’ को हालत ‘ठग्स अफ हिन्दोस्तान’ र ‘जिरो’ जस्तो त भएन तर कट्रिनाले फिल्ममा खासै राम्रो भूमिका पाईनन् र दर्शकको ध्यानाकृष्ट गर्न सकिनन्।
८ महिनामा कट्रिनाका यी ३ ठुला फिल्म रिलिज भए र बलिउडका लागि जोडदार झट्का दिए। केही बलिउड पण्डितले त खानहरुलाई डुबाउन कट्रिनाले कुनै कसर बाँकी नराखेकी समेत भनेका छन्। एजेन्सी