एजेन्सी : आममानिसहरु आफ्नो जोडीको उमेर आफ्नोभन्दा कमै होस् भन्ने चाहन्छन्, यो तथ्य हामीले देखे-भोगेकै र सुनेकै छौं। यस्तै ट्रेन्ड चलचित्र क्षेत्र, चाहे त्यो हलिउड होस् या बलिउडमा देखिएका छन्। सलमान खान, शाहरुख खान र आमिर खान देखि अक्षय कुमार जस्ता स्टार्स आज पनि लाखौ-करौडौं युवतीहरुका मनमुटुमा बस्न सफल छन्। करौडौं फ्यान्स यिनका एक झलक पाउनको लागि जे पनि गर्न तयार हुन्छन्। उनीहरु पनि यस कुरामा अछुतो रहन सकेका छैनन्, विशेषत: सलमान खान र अक्षय कुमार। यी दुवै अभिनेता उमेरले ५० वर्ष नाघिसकेका छन्, तर पनि आफूभन्दा आधा उमेरका अभिनेत्रीहरुसँग स्क्रिन सेयर गर्ने उनीहरुको लालसा कसैबाट लुकेको छैन।
यी कलाकारहरुका क्रेज यिनीहरुका पूरा उमेरभरी रहन्छ। एक समय पछि यी स्टार्स आफू भन्दा निकै कम उमेरका अभिनेत्रीहरुसँग काम गर्छन् तर उनका काम देखेर उमेरमा बिल्कुलै ध्यान दिईदैन। निकट भविष्यमा यस्तै केही जोडीहरु देखिनेछन् जहाँ अभिनेत्रीहरुका उमेर अभिनेताहरुका भन्दा करिब आधा हुन्छ।
सलमान खान-दिशा पाटनी
आउँदो महिना ईदको अवसरमा यस वर्षकै बहुप्रतिक्षित चलचित्र ‘भारत’ प्रदर्शन हुँदै छ। यस चलचित्रमा सलमान दिशा पटानीसँग रोमान्स गर्दैछन्। चलचित्रमा ५३ वर्षीय सलमान खानको अपोजिसनमा आधा उमेरकी २६ वर्षीय दिशा पटानी छिन्।
अक्षय कुमार-कियारा आडवाणी
५१ वर्षीय अक्षय कुमारसँग फिल्म ‘लक्ष्मी बम’ मा २६ वर्षीय कियारा आडवाणी जोडीको रुपमा देखिँदैछिन्। यस फिल्ममा अक्षय कुमारले समलिंगीको भूमिका निर्वाह गर्ने बताईएको छ। अर्को वर्ष प्रदर्शनमा आउने चलचित्र ‘लक्ष्मी बम’ की अभिनेत्री कियारा आडवाणीको भाग्यमा शायद यस्तै लेखेको हुनुहुन्छ। आगामी महिना जुन २१ बाट प्रदर्शनमा आउन लागेको उनको फिल्म ‘कबिर सिंह’ मा पनि उनले आफू भन्दा १० वर्ष जेठा अभिनेता शाहिद कपूरसँग रोमान्स गरेकी छिन्।
सलमान-आलिया
५३ वर्षीय सलमान खानले आफ्नो आगामी फिल्म ‘इन्शाल्लाह’ को लागि २६ वर्षीय अभिनेत्री आलिया भट्टलाई चुनेका छन्। सञ्जय लीला भन्सालीले निर्माण गरिरहेको यो फिल्ममा सलमान खान व्यापारीको भूमिकामा हुनेछन् भने आलिया अभिनेत्रीको भूमिकामा हुनेछिन्।