काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न निर्देशन दिएको प्रति नेपाली कांग्रेसका प्रवक्ताले विभिन्न प्रश्न उठाएका छन्।

प्रधानमन्त्री केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत प्रम ओलीलाई विभिन्न प्रश्न सोधेका हुन्। शर्माले चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? भन्दै ओली समक्ष प्रश्न तेर्स्याएका छन्।
“भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्व-न्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?”,ओलीलाई शर्माको प्रश्न छ। यस्तै प्रधानमन्त्रीको यस्तो कदमले भगवान राम प्रसन्न होलान् र घर जलेका भक्तले क्षमा देलान् ? भन्दै पनि उनले प्रश्न गरेका छन्।
“यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?”,शर्माको प्रश्न छ,”कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?”

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेका थिए ।
योध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउन ओलीको निर्देशन थियो। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारले सहयोग गर्ने बताएका थिए।
भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?
यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´ लाई बल पुग्ला @PM_Nepal ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020

