काठमाडौँ – भारतमा विश्वकै धेरै कोरोना संक्रमित भेटिएका छन्। बितेको २४ घण्टामा भारतमा विश्वकै बढी कोरोना भाइरस संक्रमित भेटिएका हुन्।
गएको २४ घण्टामा त्यहाँ ६२ हजार १ सय १७ जना संक्रमित फेला परेका छन्। उक्त संख्या ब्राजिल र अमेरिका भन्दा बढी हो। ब्राजिल र अमेरिकामा क्रमश २२ हजार २ सय १३ र ४७ हजार ८ सय ४९ कोरोना भाइरस संक्रमित फेला परेका छन्। पछिल्ला केहि दिनहरु देखि भारतमा विश्वकै बढी संक्रमित फेला परिरहेका छन्।
यस्तै भारतमा बितेको २४ घण्टामा विश्वकै बढी मृ-त्यु पनि भएको छ। त्यहाँ गएको २४ घण्टामा १ हजार १३ जनाले ज्यान गुमाएका छन्। यो संख्या उच्चमृ-त्यु भइरहेको अमेरिका र ब्राजिल भन्दा बढी हो। भारतमा अहिले सम्म कोरोना संक्रमणका कारण ४४ हजार ४ सय ६६ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा अहिले सम्म कुल संक्रमितको संख्या २२ लाख १४ हजार १ सय ३७ पुगिसकेको छ। जसमध्ये १५ लाख ३४ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित निको भइसकेका छन्। त्यहाँ सक्रिय संक्रमित संख्या ६ लाख ३५ हजार भन्दा बढी छ।
पछिल्लो समय अमेरिका र ब्राजिल सहितका देशहरुमा संक्रमितको संख्या बढ्दै गएको छ। तर, भारतमा भने संक्रमित संख्या लगातार बढिरहेको छ। ४ महिने लकडाउन पश्चात ‘लुजडाउन’को प्रक्रियामा रहेको भारतमा लगातार बढिरहेको संक्रमित संख्याले नेपालमा पनि जोखिम बढाएको छ।