आज फेरी घट्यो सुनको मुल्य, चाँदीको मुल्यमा वृद्धि!

काठमाडौँ, साउन २७ । साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार केहि रकमले घटेको छ। आइतबार ९ सय रुपैंयाले घटेको  सुनको मुल्य सोमबार २ सय रुपैयाले  घटेको थियो भने आज फेरी तोलामा ८ सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६  सय रुपैंया कायम भएको छ।

साथै आज तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाले घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ११ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै सोमबारको तुलनामा चाँदीको मूल्य भने आज बढेको छ। प्रतितोलामा ४० रुपैंयाले बढ्दा चाँदीको मूल्य १ हजार ४ सय ३५  पुगेको छ।

केहि महिना देखि लगातार बढिरहेको सुनको मूल्यले नयाँ-नयाँ रेकर्ड बनाउँदै आएको छ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार हाल सम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला १ लाख ३ हजार ५ सयमा करिबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढिरहेका बेला केहि घटेसँगै नेपालमा पनि सुनको मूल्य केहि घटेको महासङ्घले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७०५:४६

आज फेरी ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!