१ देखी १४ मुखी रुद्राक्ष धारण गर्नु पहिले जप्नुहोस् यी बिशेष मन्त्र

रुद्राक्षको फल (रुद्र+अक्ष) शिवजीको आखाको प्रतिरूप हो त्यसैले रुद्राक्ष शिवजीलाई सर्वाधिक प्रिय मानिन्छ । शिव पुराणमा वर्णित छ कि भगवान शंकरले कडा तपस्याको उपरान्त जब आफ्नो नेत्र खोले तब उनको नेत्रबाट केही आशुको थोपाहरु धर्तीमा खस्यो । आशुको ती थोपाहरुले रुद्राक्ष नामक एक वृक्षको उत्पति भयो । त्यहि समय देखी रुद्राक्षको उत्पत्ति मानिएको छ । रुद्राक्षको दर्शन, स्पर्श र यी माथी गरिने जप र रुद्राक्ष धारण गर्नाले अनेक पाप र दुष्कर्मको नाश हुने गर्दछ । रुद्राक्ष धार्मिक कार्यमा मात्र नभएर यो औषधी गुणले पनि सराबोर रहेको छ । शिवपुराणमा एकमुखी रुद्राक्ष देखी लिएर चौध मुखी रुद्राक्षलाई धारण गर्ने दिव्य मन्त्र दिईएको छ ।

१ मुखी  रुद्राक्ष देखि लिएर १४ मुखी रुद्राक्ष धारण गर्नुभन्दा पहिले जप्नुहोस् यो बिशेष दिव्य मन्त्र:

(१) ॐ हीं नमः
(२) ॐ नमः
(३) ॐ क्लिंनमः
(४) ॐ हीं नमः
(५) ॐ ही नमः
(६) ॐ हीं हूं नमः
(७) ॐ हूं नमः
(८) ॐ हूं नमः
(९) ॐ हीं हूं नमः
(१०) ॐ हीं नमः
(११) ॐ हीं हूं नमः
(१२) ॐ क्रौं क्षौ रौ नमः
(१३) ॐ ह्रीं नमः
(१४) ॐ नमः

यस प्रकार कुनैपनि रुद्राक्ष धारण गर्नुभन्दा पहिले उपरोक्त मन्त्रको १०८ पटक जप गरेर अपार श्रद्धा र विश्वासको साथ पहिरन गरे निश्‍चित नै जीवनमा सबै राम्रो हुने विश्वास छ ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७११:२३

तामाको औठी लगाउँदा हुन्छन् यस्ता अतुलनीय फाईदा