काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटको सङ्घारमा रहेकाबेला पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेकपा फुटेकै राम्रो हुने संकेत गरेका छन्।
नेकपा भित्रको विवादलाई लिएर कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले लेखेको एक लेख बारे टिप्पणी गर्दै भट्टराईले नेकपालाई फुट्न दिएकै राम्रो हुने बताएका हुन्। भुसालले नेकपा बचाउन सिफारिस गरेको औषधी चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो हुन जाने भट्टराईको टिप्पणी छ।
“मन्त्री घनश्याम भुसालले नेकपा बचाउन सिफारिस गरेको औषधी चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो लाग्यो।”,ट्वीटरमा घनश्याम भुसाललाई मेन्सन गर्दै भट्टराई लेख्छन्।
नेकपा सिकिस्त भइसकेको हुँदा त्यसलाई सिङ्गो बचाउने भन्दा पनि काम लाग्ने र सद्दे अंगहरूलाई दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु राम्रो हुने उनको भनाई छ।
“सिकिस्त नेकपा सिंगो बचाउने प्रयत्न गर्नु सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयस्कर होला!नयाँ समाजवादी ध्रुवीकरण पो ठीक होला त!”,भट्टराईले लेखेका छन्।
ट्वीटरमा बाबुराम यसो लेख्छन् –
“मन्त्री घनश्याम भुसाल नेकपा बचाउन सिफारिस गरेको औषधी चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो लाग्यो।सिकिस्त नेकपा सिंगो बचाउने प्रयत्न गर्नु सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयस्कर होला!नयाँ समाजवादी ध्रुवीकरण पो ठीक होला त!”
https://twitter.com/brb1954/status/1292873859251593217

