प्रहरी हिरासतमै एक पुरुषको मृत्यु, घटनास्थलमा ब्ले-ड फेला!

सांकेतिक तस्विर

धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

मदिरा सेवन गरी गाउँघरका स्थानीयवासीलाई मा-र्छु र आफू पनि म-र्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई पनि दुःख दिएपछि आज बिहान ३ः०० बजे वडा नं १९ मा रहेको सीमा प्रहरी चौकी बहुलिया प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको र शौचालय गएको अवस्थामा त्यही मृत फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

मृतक चन्दको घाँटीमा ग-हिरो चो’ट रहेको र घटनास्थलमा ब्ले-ड फेला परेको बताइएको छ । उनको शव अहिले परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित : बुधबार, साउन २८, २०७७१२:१४

भुलेर पनि बिहानै खालि पेटमा यी खानेकुरा सेवन नगर्नुहोस्, हुनसक्छ यस्तो हानि!