काठमाडौँ, साउन २९ । साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार घटिरहेको थियो । बुधबार तोलामा एक्कासी ६२ सय रुपैयाले घटेको उनको मुल्य आज भने ह्वातै बढेको छ । आजको सुनको मुल्य तोलामा २४ सय रुपैयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैंयामा कायम भएको छ।
साथै आज तेजाबी सुनको मूल्य पनि २४ सय रुपैंयाले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदी प्रतितोला ८५ रुपैंयाले बढेको छ। आज चाँदीको मूल्य १२ सय ९५ रुपैया पुगेको छ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा वृद्धि आएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य बढेकोले नेपालमा पनि सुनको मूल्य वृद्धि भएको हो ।