संसारकै यस्ता ७ आलिशान जेल, जहाँ कै-दीहरुलाई मिल्छ होटेल भन्दा राम्रो सुबिधा!

चोरी, ड-कैतीदेखि लिएर अन्य अ-पराधहरुमा दोषीलाई जे-लमा राखिन्छ। जे-लको नाम लिने बित्तिकै प्राय: मानिसलाई कालो बार, अध्यारो कोठा, नराम्रो खाना जस्ता चीजहरूको दृश्य आउँछ। तर विश्वमा केहि विलासी कारागारहरूपनि छन् जहाँ कै-दीहरूले होटलको जस्तो सुविधा पाउँछन्।

बेस्टोए जे-ल, नर्वे 

नर्वेको बोस्टोए टापुमा अवस्थित यस जे-लमा करिब १०० बन्दीहरू छन्। यस जे-लमा रहेका कै-दीहरूले घोडा सवारी, माछा मार्ने, टेनिस, सन बाथ जस्ता सुविधाहरू पाउँछन्। यति मात्र होइन, बन्दीहरुलाई खेति गर्न फार्म र बस्नको लागि कटेज जस्ता सुविधाहरु दिइन्छ।

एचएमपी एटवेल, स्कटल्याण्ड


यस जे-लमा, कै-दीहरूलाई सामान्य जीवन बिताउने र राम्रो व्यक्ति बनाउन सबै प्रयास गरिन्छ। यहाँ लगभग ७०० कै-दीहरू छन्। यस जे-लमा रहेका कै-दीहरूलाई ४० हप्ताको उत्पादक कौशलताको तालिम दिइन्छ।

ओटागो करेक्सन फ्यासिलिटी, न्यूजील्याण्ड


न्यूजील्याण्डमा स्थित यस जे-लमा सुरक्षा मापदण्ड एकदम कडा छ, तर कै-दीहरुको सुविधाहरुको पनि विशेष ख्याल राखिन्छ। यस जे-लमा रहेका बन्दीहरूलाई खेती, खाना पकाउने, लाइट इन्जिनियरिङ जस्ता सीपको प्रशिक्षण दिइन्छ।

अरनजुएज जे-ल, स्पेन


स्पेनको ‘अरनजुएज जेल’ आफैमा एउटा अनौंठो जे-ल हो किनकि यहाँका कै-दीहरूलाई आफ्नो परिवारसँग बस्न अनुमति दिइएको छ। जेलको भित्री कोठामा साना बच्चाहरूको लागि भित्ताहरूमा कार्टुनहरू बनाइएको छ। साथै, तिनीहरूका लागि स्कूल र खेल मैदान पनि छ। वास्तवमा यसको कारण भनेको केटाकेटीहरू आफ्ना बाबु-आमासँग बस्न सकुन र आमाबाबुले उनीहरूलाई सम्हाल्न सकुन। यस जेलमा यस्ता ३२ कक्षहरू छन् जहाँ कै-दीहरू आफ्ना परिवारसँग बस्छन्।

जस्टिस सेन्टर लाइबेन, अस्ट्रिया


यो अष्ट्रियन जे-ल कुनै पाँच तारे होटल भन्दा कम छैन। पूर्णतया शीशाले बनेको यस जे-ललाई ‘जस्टिस सेन्टर लाइबेन’ नाम दिइएको छ। यहाँ जिमदेखि खेलकुद केन्द्र र निजी लक्जरी कोठाहरू कै-दीहरूको लागि बनाइएको छ, जहाँ टिभी देखि लिएर फ्रिज जस्ता आवश्यक चिजहरु उपलब्ध छन्। सन्‌ २००४ मा निर्मित यस जे-लमा कै-दीहरू आलीशान जीवन बिताउँछन्।

च्याम्प-डोलन जेल, स्विट्जरल्याण्ड


यो स्विस जे-ल कुनै समय ठूलो संख्यामा कै-दीहरू कैद गरेको भनेर बदनाम थियो। आज यस जेलमा रहेका बन्दीहरूका लागि कोठा कुनै राम्रो होस्टल भन्दा कम छैन। यस जेलमा रहेका कै-दीहरूले विलासी सुविधा पाउँछन्।

जे.भी.ए फुइसबटेल प्रिजन, जर्मनी


जर्मनीको ह्याम्बर्गमा स्थित यस जेलमा कै-दीहरूलाई ओछ्यान, पलंग, निजी बाथरूम र शौचालय जस्ता सुविधा उपलब्ध छन्। यसका साथै कै-दीहरूले लुगा धुने मेसिन र कन्फरेन्स रूम जस्ता सुविधा पनि पाउँछन्।

प्रकाशित : शुक्रबार, साउन ३०, २०७७१३:५८

बिरालोलाई बाथटबमा फ्याक्न खोज्दा आफै फसे यी बालक, भिडियो भाइरल!