काठमाडौँ, साउन ३० । साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार घटिरहेको थियो । तर बिहिबार यता फेरी लगातार बढिरहेको छ । बिहिबार तोलामा २४ सय रुपैयाले बढेको सुनको मुल्य आज फेरी ८ सय रुपैयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैंयामा कायम भएको छ।
साथै आज तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला ९८ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै बिहिबारको तुलनामा आज चाँदीको मूल्य बढेको छ। आज चाँदी प्रतितोला ६० रुपैंयाले बढेर प्रतितोला १३ सय ५५ रुपैया पुगेको छ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा वृद्धि भएको छ । महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्य वृद्धि भएको हो ।