विभाग नेतृत्वबारे नेकपा भित्र “लफडा” : नेतृत्व लिने आकांक्षी धेरै भएपछि ओली-प्रचण्डलाई सकस !

g]skf ;lrjfno a}7s sf7df8f}F, % ;fpg -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf g]skf ;lrjfno a}7s afn'jf6f/df a:b} . tl:a/M k|bLk/fh jGt

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको कार्यविभाजन सकसको विषय बन्न थालेको छ । एकताको बाँकी काम अन्तिम चरणमा पुर्याए पनि कार्यविभाजनमा आएर कुरा अड्किएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

शीर्ष नेताहरू निरन्तर छलफलमा जुटे पनि पूर्ण सहमति भने कायम हुन सकेको छैन । विभागको भागवण्डा मिलाए पनि विभागको नेतृत्व लिने आकांक्षी धेरै भएपछि नेतृत्वलाई सकस परेको हो । केही दिनअघि बसेको सचिवालय बैठकले ३३ वटा विभाग मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादी केन्द्रको भागमा रहने गरी विभाजन गरिएको थियो ।

तत्कालीन एमालेको भागमा नीति अध्ययन प्रतिष्ठान सहित संगठन विभाग, विदेश विभाग, पर्यटन विभाग, संघीय संसदीय विभाग, प्रदेश विभाग, स्थानीय विभागलगायत छन् भने तत्कालीन माओवादी केन्द्रको भागमा प्रचार विभाग, अर्थ तथा कोष व्यस्थापन विभाग, विज्ञान प्रविधि विभाग, खानेपानी विभागलगायत छन् ।

स्कुल विभागमा भने दुवै पक्षको दाबी भएकाले कसको भागमा राख्ने भन्ने अझै अन्योल छ । नेतृत्वले विभाग प्रमुमा रहने व्यक्तिको नाम सिफारिस गर्न नसक्दा सचिवालय बैठक नै प्रभावित भई पटकपटक स्थगित हुँदै आएको छ । गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वयले स्थगित गरेको सचिवालय बैठकको अर्को मिति तय भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्षद्वय अहिले आन्तरिक छलफलमै व्यस्त छन् । नेकपाको पार्टी एकता प्रक्रिया अन्तर्गत विभागसँगै अन्य केन्द्रीय निकाय प्रवास संगठन र पोलिटब्युरो गठन गर्न पनि बाँकी छ ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०३:२०

तरकारीमा विषादी चेकजाँच : नतिजालाई विश्वास गर्न सक्ने आधार कम !