काठमाडौँ, साउन ३२ । साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार घटिरहेको थियो । तर बिहिबार यता फेरी लगातार बढिरहेको छ । शुक्रबार ८ सय रुपैयाले बढेको सुनको मुल्य आज भने तोलामा २ सय रुपैयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैंयामा कायम भएको छ।
साथै आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै शुक्रबारको तुलनामा आज चाँदीको मूल्य घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैंयाले घटेर प्रतितोला १३ सय २५ रुपैया पुगेको छ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य घटेको हो ।