मेष राशि
मेष राशि हुनेको लागि यो महिना सामान्य रहनेछ। शारीरिक रूपले थकान र कमजोर महशुस हुनेछ। अधिक खर्च हुने देखिन्छ। नयाँ कार्य सुरु गर्न साफल भइन्छ। खुट्टामा चोट-पटक लाग्न सक्छ, विशेष ध्यान दिनुहोला। तपाईंको क्रोधित व्यवहारले सम्बन्धमा गिरावट आउनसक्छ, सजग रहनुहोला। व्यापार व्यवसायका लागि समय अनुकूल रहने देखिन्छ। अनावश्यक खर्चको कारण आर्थिक समस्या आउन सक्छ।
वृष राशि
वृष राशिको लागि यो महिना फलदायी रहनेछ। कार्यक्षेत्रमा केहि चुनौतीको सामना गर्नु परे पनि सफलता प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा विशेष लाभ प्राप्त होला। केहि नयाँ कार्य तर्फ आकर्षित हुनुहुनेछ। महिनाको अन्त्यतिर नयाँ अवसर पनि मिल्नेछ। साथीको भरपूर सहयोग मिल्नेछ। घर-परिवारमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्ने देखिन्छ। आयका स्रोतहरु बढ्नेछन्।
मिथुन राशि
नयाँ कार्यका अवसरहरु प्राप्त हुनेछन्। आयका स्रोतमा वृद्धि हुनेछ। कुनै पनि प्रकारको प्रतिस्पर्धामा सफल हुनुहुनेछ तर कडा परिश्रम भने गर्नु पर्नेछ। रोजगारी तथा सरकारी क्षेत्रमा मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। व्यापार व्यवसायमा विशेष लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक पक्ष मजबूत रहनेछ। महिनाको अन्त्यतिर भने केही व्यवधान र चुनौती आउन सक्छन्।
कर्कट राशि
आफन्तसंग मदभेदको अवस्था सिर्जना हुने देखिन्छ। अनावश्यक खर्च बढ्नेछ। धनहानि हुने सम्भावना रहकोले सजग रहनुहोला। समाजमा मान-सम्मान बढ्नेछ। प्रयत्न गर्दा आँटेको काम सफल हुनेछ। पढाइ, लेखन, संगीत र कला क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। प्रेम सम्बन्धमा सुधार आउनेछ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ला। स्वास्थ्यमा भने ध्यान दिनु पर्ने देखिन्छ।
सिंह राशि
कार्यक्षेत्रमा केहि चुनौतीको सामना गर्नु पर्नेछ। तपाईंको आत्मविश्वास तथा मनोबल वृद्धि हुनेछ। शारीरिक स्वास्थ्य कमजोर रहन सक्छ। विद्यार्थीहरुको लागि यो महिना अत्यन्त राम्रो रहेको छ। प्रयत्न गर्दा आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। आयका स्रोत बढ्नेछ। परिस्थितिवश आफन्तबाट टाढा भइनेछ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। बुद्धिविवेकले काम लिँदा धेरै काम सफल हुनेछन्।
कन्या राशि
कुनै पनि कार्य सुरु गर्नु अघि सोच बिचार गर्नुहोला। तपाईंको जिद्दी व्यवहारको कारण परिवारमा मदभेदको स्थिति सिर्जना होला। व्यापारमा समय अनुकूल नरहला। फजुल खर्चमा वृद्धि हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल छैन। महिनाको अन्त्यतिर भने आयस्रोत सबल बन्नेछ। प्रेम तथा मित्रताको सम्बन्ध कमजोर होला। खुटामा चोट-पटक लाग्ने सम्भावना रहेकोले सतर्क रहनुहोला। हातहतियार र सवारीको उपयोगमा सावधानी अपनाउनुहोला।
तुला राशि
कार्यका नयाँ अवसर प्राप्त होलान्। आयस्रोत सबल बन्नेछ। समाजमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्न सक्छ। अधुरा रहेका कार्य सफलतापूर्वक पूरा हुनेछन् र नयाँ कार्य सुरु गर्नको लागि पनि यो महिना उत्तम रहनेछ। यात्राको योग बन्नसक्छ। प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ। वाहन सुख प्राप्त होला।महिनाको अन्त्यतिर भने कार्यक्षेत्रमा केहि चुनौतीको सामना गर्नुपर्ला। अनावश्यक काममा हात नहाल्नुहोला, समस्या आइपर्न सक्छ।
वृश्चिक राशि
वृश्चिक राशिको लागि यो महिना फलदायी रहने देखिन्छ। प्रारम्भमा केही अवरोध देखिए पनि क्रमशः अवसर र सफलता प्राप्त हुनेछ। तपाईंको कार्यबाट विशिष्ट व्यक्तिहरू प्रशन्न रहनेछन्। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त गर्नुहुनेछ। पदोन्नतीको योग रहेको छ। विद्यार्थी वर्गको लागि भने समय त्यति राम्रो छैन। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ।
धनु राशि
शारीरिक रूपले थकान र कमजोर महशुस गर्नुहुनेछ। आयका स्रोत बढ्नेछन्। भागवृद्धि हुने सम्भावना रहेको छ। रोकिएका काम दोहोर्याउँदा सफल हुनेछन् र उठ्नुपर्ने रकम मिल्नेछ। कुनै पनि कार्य सुरु गर्नु अघि राम्रोसंग सोच बिचार गरेर मात्र अघि बढ्नुहोला। रोजगारी तथा सरकारी क्षेत्रमा नयाँ अवसर मिल्ने सम्भावना रहेको छ। महिनाको अन्त्यमा नयाँ जिम्मेवारी पाइनेछ र मेहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।
मकर राशि
मकर राशि हुनेको लागि यो महिना केहि संघर्षमय रहने देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर हुनेछ। आफन्तसंग मनमुटावको स्थिति सिर्जना होला। आर्थिक समस्या आउनसक्छ। खर्चमा वृद्धि हुने देखिन्छ। स्वास्थ्यमा पनि समस्या देखा पर्ने सम्भावना छ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानी अपनाउनुहोला। तपाईंका कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्, सजग रहनुहोला।
कुम्भ राशि
आर्थिक स्थिति कमजोर रहने देखिन्छ। अधुरा रहेका कार्य दोहोर्याएर गर्दा सफल हुनेछन्। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। मिहिनेत गर्दा अध्ययनमा विशेष सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव कमजोर होला। घर-परिवारमा मदभेदको स्थिति आउनसक्छ। शारीरिक रूपले थकान र कमजोर महशुस हुनेछ। परिस्थितिवश यात्रा रोकिन सक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन।
मीन राशि
सामाजिक क्षेत्रमा तपाईंको प्रभाव मजबूत हुनेछ। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ र लाभ उठाउन सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। वाहन तथा अन्य भौतिक साधन लाभ हुनसक्छ। नयाँ कार्य तथा व्यवसाय स्थापना गर्नको लागि समय उचित छ। कार्यक्षेत्रमा चुनौती देखिए पनि मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरू सहयोगी र साझेदारका रूपमा उपस्थित हुनेछन्।