धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु !

काठमाडौँ – कोरोना भाइरस संक्रमण भएपछि काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेका एक व्यक्तिको निधन भएको छ। धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमितको आज बिहान निधन भएको हो।

निधन हुनेमा धुलिखेलका ९८ वर्षीय वृद्ध रहेका छन्। अस्पताल श्रोतका अनुसार कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो भने धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिमा मधुमेह र दमको समेत समस्या रहेको बताइएको छ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७०३:०३

जगदम्बा स्टीलको उद्योगबाट कोरोना फैलिने खतरा, स्थानीय आन्दोलित !