जगदम्बा स्टीलको उद्योगबाट कोरोना फैलिने खतरा, स्थानीय आन्दोलित !

काठमाडौँ – भारतीय मालवाहक गाडीको ओहोर-दोहोर नरोकिएपछि सिमराका स्थानीयहरु आन्दोलित भएका छन्।

कोरोना महामारी फैलिरहेका बेला जगदम्बा स्टील कम्पनीले भारतीय मालवाहक गाडी लगातार ल्याइरहेको भन्दै सिमराका स्थानीयहरु आन्दोलित भएका हुन्।

भारतमा तिब्र कोरोना फैलिरहेका बेला भारतबाट आधा दर्जन भारतीय मालवाहक गाडी प्रवेश गरेपछि सिमरामा कोरोनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन्। उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीका कारण स्थानीयवासीमा कोरोना सर्न सक्ने स्थानीयहरुको चिन्ता छ।

उक्त उद्योगमा यस अगाडी पनि कोरोना भाइरस संक्रमण देखा परिसकेको छ। केहि समय अगाडी सो उद्योगका ११ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोनाको पुष्टि भएका मध्ये पाँचजना भारतीय नागरिक भागेका थिए। यसकारण उक्त उद्योगबाट समूदायमा कोरोना फैलिन सक्ने स्थानीयहरुको चिन्ता छ।

स्थानीय प्रशासनले सो उद्योग केहि दिन अगाडी शील गरेको थियो। तर, अहिले सञ्चालनको तयारी गरिएको छ। सञ्चालनको तयारी गरिएसँगै स्थानीयहरु त्रसित भएका छन्। जिल्ला प्रशासन कार्यालय बाराले मंगलबारदेखि लागु हुनेगरी उद्योग सञ्चालन अनुमति दिसकेको छ।

सरकारले तोकेको विभिन्न मापदण्ड पालना गर्न निर्देशन सहित जिल्ला प्रशासन कार्यालय बाराले उक्त उद्योगलाई सञ्चालनको अनुमति दिएको थियो। प्रशासनको निर्देशन अनुसार उद्योगले कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका व्यक्तिहरुको १० दिनभित्र पीसीआर परीक्षण गनुपर्नेछ, मजदुर तथा कर्मचारीहरुलाई बाहिर आउन र बाहिरबाट भित्र प्रवेश दिन पाइनेछैन भने मजदुरहरुलाई उद्योगभित्रै राख्ने व्यवस्था मिलाउनुपर्नेछ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७०३:३७

कोरोनाको केन्द्र बन्यो काठमाडौँ उपत्यका, पुनः लकडाउन/निषेधाज्ञाको तयारी !