के तपाईंलाई रातमा सुत्न समस्या हुन्छ? के तपाईंको निद्रा समय समयमा टुट्छ? वा निन्द्रामा तपाईंलाई कुनै डरले सताउँछ? यदि यी घटनाहरु मध्ये कुनै एक तपाईंमा भयो भने के गर्नुपर्छ त?
विज्ञहरूका अनुसार धेरै कारणहरू छन् जसले हामीलाई राती सुत्दा समस्या हुन्छ। तर यसको लागि धेरै शास्त्रीय र वैज्ञानिक उपायहरू पनि छन् जुन हाम्रो सिरानीसंग सम्बन्धित छ।
अलैंची
धर्मशास्त्रका अनुसार, यदि तपाईंलाई राती सुत्दा डर लाग्छ वा अचानक डरको कारण ब्यूँझनुहुन्छ भने, तपाईंको सिरानीको छेउमा अलैंची राख्नुहोस्। ५-६ दाना अलैंची कपडामा बाँधेर र त्यसलाई तपाईंको सिरानीको नजिक वा मुनि राख्नुहोस्, यसो गर्दा तपाईंलाई डर लाग्दैन।
पानीले भरिएको तामाको भाँडो
यदि तपाइँलाई राती डर लाग्छ वा निन्द्रा बारम्बार टुट्छ भने, तपाइँको ओछ्यानको छेउमा पानीले भरिएको तामाको भाँडो राख्नुहोस्। र बिहान उठ्नुहोस् र त्यो पानी कुनै विरुवामा हाल्दिनुहोस्।
चक्कु
धर्मशास्त्रका अनुसार यो विधि एकदम सहि र प्रख्यात छ। यदि तपाईं वा विशेष गरी बच्चाहरू सुताउँदा बढी डराउँछन् भने तिनीहरूको सिरानी मुनि एउटा चक्कु वा तिखो चिज राख्नुहोस्।
सुत्ने दिशा
धर्मशास्त्रका अनुसार यदि हामीले निद्राको दिशामा ध्यान दियौं भने निद्रा राम्रो हुन्छ र कुनै प्रकारको डर लाग्दैन। वास्तु शास्त्रका अनुसार सुत्ने समयमा हाम्रो टाउको कहिल्यै उत्तर दिशामा हुनु हुदैन, किनकि यस्तो अवस्थामा खुट्टा दक्षिणतिर हुन्छ जुन नरकको दिशा मानिन्छ।