भोलि भदौ ३ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

स्वास्थ्यमा समास्या आउनसक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। खर्चमा वृद्धि हुनाले आर्थिक समस्या आउनसक्छ। बुवा एवम पैतृक सम्पतिबाट लाभ प्राप्त हुने सम्भावना छ। खेलकुद क्षेत्रमा विशेष सफलता प्राप्त हुने देखिन्छ। परिवारमा सुखमय वातावरण रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शभ रहेको छ। आर्थिक रूपले दिन सहज रहने देखिन्छ। साथीहरुसंगको सम्बन्धमा सुधार आउनेछ। भाग्य वृद्धिको योग रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारक सदस्यसंग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। मनमा ग्लानिको भावना रहनेछ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको मनोबल तथा आत्मविश्वास उच्च रहनेछ। सरकारी क्षेत्रमा विशेष लाभ मिल्ने देखिन्छ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। खान-पानमा विशेष ध्यान दिनुहोला। आफ्नो क्रोधमा संयम राख्न जरूरी देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक अस्वस्थता रहला। आकस्मिक धन खर्च हुनसक्छ। मित्रगणको साथ मनमुटावको हुनसक्छ। कार्यक्षेत्रमा तपाईंको लागि समय अनुकूल रहने देखिँदैन। धार्मिक कार्यमा अत्याधिक खर्च हुनसक्छ। आफ्नो क्रोध नियन्त्रणमा राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

धन लाभको योग रहेको छ। आयका स्रोत बढ्नेछन्। स्त्री मित्रबाट विशेष लाभ मिल्ने देखिन्छ। व्यापारमा समय अत्यन्त शुभ रहनेछ। वैवाहिक जीवनमा सुमधुरता छाउनेछ। यात्राको योग बन्नेछ। साथीहरुसंग भेटघाट गर्ने अवसर मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारमा हर्षोल्लासको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। धन लाभको योग रहेको छ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। यात्राको योग बन्ने देखिन्छ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। मित्रबाट लाभ मिल्ने सम्भावना रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहला। स्वास्थ्यमा समास्या आउनसक्छ। अनावस्यक वाद-विवादबाट टाढा नै रहनुहोला। कार्यक्षेत्रमा उच्च पदाधिकारीसंग मदभेदको अवस्था सिर्जना हुनसक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कर्यक्षेत्रमा परिस्थिति अनुकूल रहने देखिन्छ। यात्राको योग बन्नेछ। आकस्मिक धन खर्च हुँदा आर्थिक समस्या आउनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय उचित छैन। खान-पानमा विशेष धान राख्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजन तथा नयाँ वस्त्र प्राप्त होला। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। यात्राको योग रहेको छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तमय वातावरण रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। तपाईंको मनोबल तथा आत्मविश्वास उच्च रहनेछ। बोल्दा आफ्नो वाणीमा विशेष ध्यान दिनुहोला।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७१२:३१

भोलि भदौ ४ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल!