काठमाडौँ, भदौ २ । मरेको कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको आरोपमा काठमाडौंको भीमसेनगोला स्थित रहेको बी एण्ड बी मिटसपलाई कारवाही गरिएको छ । २२ बोरा मरेको कुखुराको मासु बिक्रि गर्न लुकाएर राखिएको भेटिएपछि नष्ट गरिएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्तालाई गुणस्तरहीन मासु बिक्रीको आरोपमा उक्त पसलका संचालकलाई ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ । बानेश्वर प्रहरीले विशेष सुराकीको आधारमा उक्त मीट मार्टमा सोमबार पशु चिकित्सकको रोहबरमा निरिक्षण गरेको थियो ।
मंगलबार मरेको कुखुरा नष्ट गरेर उक्त मीट मार्टलाई कालोबजारी ऐन अन्तर्गत थप कारबाही अघि बढाउनेछ ।