काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान प्रति दुख व्यक्त गरेका छन्। बुधबार बिहान एक ट्वीट गर्दै बेरीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान प्रति दुख व्यक्त गर्नुका साथै श्रद्धान्जली व्यक्त गरेका हुन्।
राजदूत बेरीले समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता ‘लाग्दछ मलाई रमाइलो’ को स्मरण पनि गरेका छन्। घिमिरेको देहावसान पश्चात आफू ‘लाग्दछ मलाई रमाइलो’ को सौन्दर्य स्मरण गरिरहेको उनले भनाई छ।
“नेपालका राष्ट्रिय कवि माधब प्रसाद घिमिरेको देहावसानको खबर सुनेर म दुखि भएको छु। उहाँको परिवार र प्रियजनहरुप्रति मेरो हार्दिक संवेदना छ। राष्ट्रकविको कविता ‘लाग्दछ मलाई रमाइलो’ को सौन्दर्य अझै स्मरण गरिरहेको छु। हार्दिक श्रद्धान्जली!”,राजदूत बेरीले ट्वीत गर्दै भनेका छन्।
I’m saddened to hear of the passing of Nepal’s national poet Madhab Prasad Ghimire at the age of 100. My heartfelt condolences to his family and loved ones. I still remember the beauty of his poem ‘Lagdachha Malai Ramailo’ from my Nepali classes. हार्दिक श्रद्धान्जली!🙏 pic.twitter.com/mf8amLv9Ng
— Ambassador Randy Berry (@USAmbNepal) August 19, 2020
I'm saddened to hear of the passing of Nepal's national poet Madhab Prasad Ghimire at the age of 100. My heartfelt condolences to his family and loved ones. I still remember the beauty of his poem 'Lagdachha Malai Ramailo' from my Nepali classes. हार्दिक श्रद्धान्जली!🙏 pic.twitter.com/mf8amLv9Ng
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) August 19, 2020