हरितालिका तीजको वर्त बस्दा गर्भवती महिलाहरुले पालना गर्नैपर्छ यी नियमहरु !

हिन्दू महिलाहरुको महान चाड हरितालिका तिज सुरु भएको छ । महिलाहरुको लागि तीजको वर्त अझ विशेष रहने गर्छ। तीजको दिन अबिवाहित महिलाहरु असल स्वामी मिल्ने साथै बिवाहित महिलाहरु आफ्ना पतिको लामो आयुको कामना गर्दै वर्त बस्ने गर्छन। यस दिन महिलाहरुले भगवान शिव र माता पार्वतीको पूजा विशेष रुपमा गर्ने गर्छ। यस दिन यी दुईको पूजा गर्दा जीवनभर सुख शान्ति प्राप्त हुनुका साथै आफूले इच्छाएका सम्पूर्ण कामहरु पूरा हुँदै जाने विश्वास रहेको छ।

यस दिन हरेक महिलाहरुले पानी समेत नखाई निराहार वर्त बस्नुपर्ने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ। यसकारण गर्भवती महिलाहरुका लागि यो वर्त लिनु अत्यन्तै कठिनाई हुन सक्छ। आज हामी तपाईहरुलाई गर्भवती महिलाहरुले तीजको वर्त लिँदा ध्यान पुर्याउनु पर्ने केही कुराहरु बताउन जाँदै छौँ।

१. गर्भवती महिलाले तीजको वर्त सकेसम्म नलिने र लिने इच्छा भएको खण्डमा दुध ,फलफूल आदी खानेकुरा केही समयको फरकमा खाने गर्नुपर्छ। यसरी दुई जिउ भएका महिलाहरुले वर्त बस्दा आफ्नो शरिरको राम्रो ख्याल राख्न आवश्यक हुन्छ।

२. यदि वर्तको समयमा मिठाई खाने इच्छा भएमा थोरै मात्रामा खानुहोस्। भोक खप्न नसक्दा अधिक मिठाई खानु भएमा तपाईको स्वास्थ्यमा समस्या आउन सक्छ। मिठाईको सट्टामा फलफूल खानु उपयुक्त हुनेछ।

३. गर्भवती महिलाले वर्तको समयमा केहि न केही खाने वा पिउने गर्नुपर्छ । यस दिन नरिवलको पानी समेत खान सकिन्छ।

४. तीजको वर्तको दिन गर्भवती महिलाहरु एकै ठाउँमा बस्ने गर्नु हुँदैन। केही समयको अन्तरमा उठ्ने हिँड्ने गर्नु आवश्यक रहन्छ।

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१३:४६

हरितालिका तीजको दिन महिलाहरुले गर्नु हुँदैन यस्ता कार्य !