सिन्धुली । जिल्लाका क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिहरूको खाना खर्चमा ठूलो रकम देखिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा बसे अवधिमा व्यक्तिले खाएको खाना र खाजाको रकम हेर्ने हो भने डरलाग्दो देखिन्छ । कमलामाई नगरपापालिकाले सञ्चालन गरेको क्वारेन्टाइन र आइसोलेसनमा बसेकालाई खाना र खाजा खाए बापत नौ लाखभन्दा बढीको खर्च देखिएको छ । तीन महिनाको अवधिमा क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिले खाएको खाजा र खाना वापत्को रकम ९ लाख ९४ हजार ५ सया ६० रुपैयाँ रहेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकालाई खाना र खाजा खुवाउने जिम्मेवारी सीताराम पार्टी प्यालेस एन्ड रिसोर्टलाई दिइएको नगरपालिकाले जनाएको छ । पार्टी प्यालेसले दैनिक रूपमा बिहान दिउँसो खाजा र बिहान बेलुका खाना उपलव्ध गराउँदै आएको थियो । कमलामाई नगरपालिकामा क्वारेन्टाइनमा खाजा र खाना खुवाएको भुक्तानी मागगर्दै ९ लाख ९४ हजार ५ सय ६० रुपैयाँको बिल पुगेपछि अनुसन्धान गरिएको छ ।
नगरपालिकाले बिल रकमअनुसार क्वारेन्टाइनमा बसेका नागरिकहरूको नाम र ठेगाना रुजु गर्ने काम भयो, त्यसपछि भने पार्टी प्यालेसलाई माग गरिएको रकम भुक्तानी गर्न नसकिने भन्दै कार्यपालिका सदस्यहरुले जुन पालिकाका नागरिकहरू छन्, उनीहरूको खर्चको रकम सम्बन्धित पालिकाले तिर्नुपर्छ भन्दै भुक्तानी नगर्ने नगरपालिकाले जनाएको छ । हाल क्वारेन्टाइन र आइसोलेसनमा कमलामाई नगरपालकाका १ सय ४९, दुधौली ८३, मरिण २९, हरिहरपुरगढी २१, सुनकोसी ६, तीनपाटन २९, गोलन्जोर ७, फिक्कल ५, ध्याङलेख १३ र अन्य जिल्लाका ३६ जना नागरिकसहित ३ सय ८७ जना रहेका छन्