काठमाडौँ – कोरोनाको पुष्टि पश्चात होम आइसोलेशनमा बसेका एक व्यक्तिको निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेशनमा रहेको अवस्थामा विराटनगरका एक पुरुषको निधन भएको हो।
निधन हुनेमा विराटनगर–६ निवासी ४५ वर्षीय पुरुष रहेका छन्। उनको बिहिबार बेलुका ८ बजे घरमै निधन भएको वडा अध्यक्ष विजय कामतले बताएका छन्।
वडा अध्यक्ष कामतका अनुसार संक्रमित पुरुष सुगर र प्रेसरले लामो समयदेखि ग्रसित थिए भने उनीमा भदौ ३ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित राखिएको अवस्थामै उनको निधन भएको कामतले बताए। परिवार आफैंले शव व्यवस्थापनको तयारी गरेको थाहा भएपछि आफूले रोकेको उनको भनाई छ।