काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सात सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको बुधबार स्वाब संकलन गरिएको र त्यस मध्ये बिहिबार ७ जनाको रिपोर्ट पोजेटिभ आएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले बतएका छन्।
बुधबार गरिएको परीक्षणको बिहिबार प्राप्त भएको र पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए । कोरोना पुष्टि भएका सात अङ्गरक्षक (पीएसओ) लाई आइसोलेसनमा राखिएको छ।