नेयमार भन्छन् – ‘म र टिम दुवै उत्कृष्ट लयमा छौँ, बायर्नसँग भिड्न तयार छौँ’

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिग जितेपछि व्यक्तिगत अवार्ड जित्ने आफ्नो सम्भावना बलियो हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा नेयमारले च्याम्पियन्स लिग जितेपश्चात व्यक्तिगत अवार्डमा आफ्नो सम्भावना बढेर जाने बताएका हुन्।

च्याम्पियन्स लिगको फाइनलमा जर्मन महारथी बायर्न म्युनिखसँग भिड्नु अगाडी नेयमारले आफूहरु तयार रहेको बताए। बायर्न धेरै बलियो टिम रहेको उल्लेख गर्दै उनले आफूहरुको पीएसजी पनि कम नरहेको दावी गरे।

“सेमीफाइनल कसले जित्यो, त्यसले अर्थ राख्दैन। अब फाइनल कसले जित्छ भन्ने कुराले महत्व राख्छ। बायर्नले ठूलो परीक्षाको सामना गर्नुपर्नेछ। र, हामी तयार छौँ।”,उनले अन्तर्वार्तामा भनेका छन्,”बायर्नसँग उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडीहरु छन्। तर, हामी पनि कम छैनौँ।”

नेयमारले पीएसजी अहिले उत्कृष्ट लयमा रहेको दावी गरेका छन्। साथै नेयमार आफू पीएसजी आएपछिकै सबै भन्दा राम्रो फुटबल खेलिरहेको पनि विश्वास गर्छन्।यस्तै नेयमारले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पृथ्वी भन्दा बाहिरको रहेको भन्दै टिप्पणी गरेका छन्।

“मेस्सी र रोनाल्डोले पक्कै पनि फुटबल र व्यक्तिगत अवार्डमा १० वर्ष भन्दा बढी राज गरे। यस अर्थमा म यो मान्छुकी दुवै यस पृथ्वी भन्दा बाहिरबाट हुन्।”,उक्त अन्तर्वार्ताका क्रममा नेयमारले भनेका छन्।

प्रकाशित : शनिबार, भदौ ०६, २०७७०८:२५

विपक्षिको पोस्टमा आफू भन्दा दोब्बर गोल हानेको ‘बायर्न’लाई पीएसजीले रोक्न सक्ला ?