पशुप्रतिको सच्चा प्रेम : गाईको भाँचियो खुट्टा ,किसानले हेलिकप्टर बोलाएर गरे उद्दार [भिडियो]

सामाजिक सञ्जालमा गाईलाई हेलिकप्टरले एयरलिफ्ट गरेको एक भिडियो अहिले खुब हेरिएको छ। यो घटना स्विट्जरल्यान्डको एल्प्स पहाडको हो, जहाँको एक किसानको गाई ढुंगामा फसेको थियो। अन्तर्राष्ट्रिय मिडियाहरुका रिपोर्ट अनुसार गाई खुट्टा भाँचिएर लङ्गडो भएको थियो। किसानले गाईको उपचार गर्नको लागि हेलिकप्टरको मद्दत लिए। यो पूरै घटना क्यामरामा कैद गरिएको थियो, जसमा गाई हावामा तैरिरहेको देख्न सकिन्छ। गज्जबको कुरा यो छ कि एयरलिफ्टको समयमा गाई एकदम चिल पारामा बसेको देखिन्छ, गाई न छटपटाईरहेको छ न डराएको छ। यो भिडियो हेरेर ट्वीटर युजरहरुले आफ्नो जिन्दगी भन्दा गाई जिन्दगीको धेरै बिन्दास भएको टिप्पणी गरेका छन्।  कतिले त आफूले जीवनभरी कहिले पनि हेलिकप्टर नचढेको तर गाईले चढ्न पाएको भन्दै गाईलाई भाग्यमानी बताईरहेका छन्।

यस रेस्क्यु अपरेसनको भिडियो ‘एबीसी न्युज’ ले ट्वीटरमा शेयर गरेको छ। तिनले क्याप्सनमा लेखेका छन् , “जब गाई उड्यो : स्विट्जरल्यान्डका एक किसानले आफ्नो प्यारो गाई बचाउनको लागि हेलिकप्टर बोलाए। किसानका अनुसार गाई लङ्गडो थियो र त्यही भएर उनी धेरै खतरा मोल्न चाहँदैनथिए।”

सामाजिक सञ्जालमा यस गाईक रेस्क्यु अपरेसनको भिडियो भाईरल भएको छ, खबर अनुसार भिडियोले अहिलेसम्म ७ लाख भन्दा बढी भ्युज, १० हजार भन्दा बढी लाइक्स र ३ हजार भन्दा बढी रि-ट्वीट पाइसकेको छ। धेरै जसो प्रयोगकर्ताहरुले किसानको पशुप्रतिको प्रेमभावको दिल खोलेर प्रशंसा गरेका छन्।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७०५:१३

प्रेरक कथा : तपाईको आसपास नै हुन्छन् अवसर, नहुनुहोस् हताश-बुद्धिमानीपूर्वक त्यसलाई चिन्नुहोस्