प्रेरक कहावत : भाग्यको भरोसामा रहनेले त्यति नै पाउँछन्, जति कोसिस गर्नेले छाडेका हुन्छन्

भाग्यबारे कुरा गर्दा मानिस दुई धारमा  विभाजित छन्। एक जो भाग्यमा विश्वास गर्छन्, अर्को जो कर्मलाई प्राथमिकता दिन्छन्। सनातन धर्मका अनुसार कर्म र भाग्य एकै गाडीको दुई पांग्रा हुन्। यदि हामी कर्म गर्छौँ भने यसको परिणामस्वरूप पछि हाम्रो लागि भाग्यको काम गर्छ। यदि कर्म नै गर्दैनौँ भने भाग्यले पनि त्यति साथ दिँदैन।

एक प्रसिद्ध कहावत छ कि भाग्यको भरोसा गर्ने व्यक्तिले केवल त्यति नै पाउँछन् जति कोसिस गर्नेले छोडेर जान्छन्। तर एक कहावत यो पनि छ कि भाग्य भन्दा बढी र समय भन्दा अघि कसैले केही पनि पाउँदैनन्।

भाग्य र कर्मसँग जोडिएका केही महत्वपूर्ण कुरा…

किस्मतको भरोसामा बस्दा किस्मतले कहिल्यै साथ दिँदैन, हिम्मतको साथ अघि बढ्दा भाग्य पनि हाम्रो साथ सँगसँगै हिड्छ।
भाग्यले त्यसैलाई साथ दिन्छ जसले केही पनि भाग्यको भरोसामा छोड्दैन्।
यदि तपाईलाई आफू कुन दिशातिर जाँदै छु भन्नेबारे थाहा छैन भने हावाले पनि तपाईलाई साथ दिँदैन।
मेहनत र किस्मत, यी दुई रङ हुन् जसबाट सफलताको तस्बिर बन्छ।
तपाईले आज गर्नुभएको कर्म, भविष्यमा तपाईको भाग्यको रुपमा सामुन्ने आउँछ।
आफ्नो भाग्य स्वयम् लेख्नुपर्छ, यो कुनै चिठी हैन जो अरु कसैबाट लेखाइन्छ।
कुनै यस्तो दूर्भाग्य छैन जसलाई आफ्नो र आस्थाबाट पराजित गर्न सकिन्न।
भाग्य तिनीहरुको गुलाम हुन्छ जो आफ्नो बाहुबल र पुरुषार्थमा भरोसा गर्छन्

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१०:३७

एक मजबूत सम्बन्धको लागि आवश्यक हुन्छन् यी कुरा, माया प्रेम बढ्नेछ !