मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक तथा सार्वजनिक क्षेत्रमा मन-सम्मान मिल्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। दाम्पत्य जीवनमा सुख-सन्तोषको अनुभूति गर्नुहुनेछ। कार्यक्षेत्रमा सहर्कर्मीबाट भरपूर सहयोग मिल्नेछ। प्रिय व्यक्तिसँग रमणीय समय बित्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीको कारण समस्या उत्पन्न हुनसक्छ, त्यसैले वाणीमा संयम राख्नुपर्ने देखिन्छ। खर्चमा वृद्धि हुनेछ। स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। दुर्घटनाको योग भएको हुनाले सतर्क रहनुहोला। मानसिक तनाब बढ्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिवारमा सुख-शान्तिको वातावरण रहनेछ। आयमा वृद्धि हुने देखिन्छ। घरमा शुभ कार्यक्रमको आयोजान हुने सम्भावना छ। प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। परिवारका सदस्यसंग मनमुटावको स्थिति आउनसक्छ। मानहानि हुनसक्छ। पानी तथा स्त्री वर्गबाट यस दिन बच्नुहोला। खर्चमा वृद्धि हुनेछ। खान-पानमा विशेष ध्यान दिनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शारीरिक तथा मानसिक रूपले प्रफुल्लित रहनुहुनेछ। यात्राको योग रहेको छ। दाजु-भाईसंगको सम्बन्धमा सुधार आउनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। प्रिय व्यक्ति प्रतिको निकटताले तपाईं हर्षित हुनुहुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक समस्या आउनसक्छ। व्यर्थको झै-झगडाबाट टाढा नै रहनुहोला। यात्राको सम्भावना छ। विद्यार्थीको अध्ययनमा मन नलाग्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। कलात्मक तथा सिर्जनात्मक क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ। शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। खर्चमा वृद्धि हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। मनोरंजनमा खर्च हुनेछ। जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ। स्त्री मित्रबाट विशेष लाभ मिल्ने देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आर्थिक तथा सामाजिक रूपले लाभ प्राप्त हुने सम्भावना रहेको छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। स्त्री मित्रबाट विशेष लाभ प्राप्त होला। यात्राको योग बन्नेछ। आयमा वृद्धि हुनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यवसाय क्षेत्रमा विशेष लाभ मिल्नेछ। पदोन्नतीको योग रहेको छ। परिवारमा सुख-शान्तिमय वातावरण रहानेछ। सरकारी क्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। आफन्तजनको भरपूर सहयोग मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसंग मनमुटाव हुनसक्छ। खर्च बढ्नाले आर्थिक स्थिति कमजोर रहला। यात्राको योग छ। सन्तान सम्बन्धि कुरा चिन्ताको विषय बन्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आकस्मिक धन लाभ हुने सम्भावना छ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव हुनेछ। अधिक खर्चको कारण आर्थिक समस्या आउनसक्छ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। व्यापार क्षेत्रमा समय अनुकूल रहनेछ।