‘भगवान राम’ को भूमिका निभाएर यी ६ अभिनेताले पाएका थिए निकै लोकप्रियता!

 आज हामी तपाईलाई टिभीका यस्ता अभिनेताको बारेमा बताउछौ जसले भगवान रामको भूमिका निभाएर  निकै लोकप्रियता हासिल गरे।

 गगन मलिक


गगन मलिक २०१५ सालमा सीरियल महाबली हनुमानमा  भगवान रामको भूमिका निभाएर लोकप्रिय भएका थिए  ।  जसको यो सीरियल पछि लोकप्रियता बढेको थियो।

आशीष शर्मा


२०१६ सालमा  रामायणको नयाँ तरिकाले दर्शक माझ देखाईएको थियो। यसमा अभिनेता आशीष शर्मा भगवान रामको भूमिकामा थिए। उनलाई पनि निकै मन पराईएको थियो।

 हिमांशु सोनी


अहिले कलर्स टिभीमा सिरियल  ‘राम सिया के लवकुश’ मा  अभिनेता हिमांशु सोनी भगवानको भूमिका निभाईरहेका छन्। दर्शकलाई उनको अभिनय निकै मन परेको थियो।

अरुण गोविल

रामानन्द सागरले सबैभन्दा पहिला पर्दामा रामको भूमिका निर्वाह गरेका थिए । १९८७ मा रामानन्द सागरको  ‘रामायण’ सीरियलमा  अरुण गोविलले भगवान रामको भूमिका निभाएका थिए। यस भूमिकाबाट उनि निकै चर्चित भएका थिए। यस भूमिकाले यति लोकप्रियता हासिल गरे कि उनलाई भगवान राम नै मान्न थाले।

 नीतिश भारद्वाज

२००२ सालमा रामायण  सीरियललाई फेरि रीक्रिएट गरिएको थियो । यस सीरियलमा भगवान रामको भूमिका नीतिश भारद्वाजले निभाएका थिए।  जसले पहिला भगवान श्रीकृष्णको भूमिका निभाएका थिए। नितीश भारद्वाजलाई  श्री रामको भूमिकामा निकै मन पराईयो।

 गुरमीत चौधरी

२००८ सालमा एनडीटिभी इमेजिनमा  रामायणलाई एक पटक फेरि  रिक्रिएट गरेर नयाँ रुप दिईएको थियो । यस सीरियलमा  अभिनेता गुरमीत चौधरीले  भगवान रामको भूमिका निभाएका थिए।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७११:५१

बुबा झैँ हिट भएनन् यी ७ अभिनेता, केहिले त गरे बलिउडलाई नै अलविदा…