काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न आफूले बाहेक अरु कसैले नसक्ने दावी गरेका छन्।
पार्टीका अन्य कुनै पनि नेताले देउवाले पराजित गर्न नसक्ने बताउँदै कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुनुपर्ने बताएका हुन्। महाधिवेशन नजिकिँदै गरेको समयमा कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे। महाधिवेशनमा सबै मिलेर देउवा विरुद्ध उभिनुको बिकल्प नरहेको उनले स्पष्ट पारे।
“मैले धेरैसँग परामर्श गर्दैछु । उनीहरु तपाईं नै उठ्नुपर्यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन् सबै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुुनुपर्यो । हामी सबै मिलेर एक जना उठ्नुपर्यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ ।”,उनले भने। कोइरालाले आफू बाहेक अरु कसैले शेरबहादुरलाई हराउन नसक्ने ठोकुवा नै गरे।
“व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जीलाई हराउने व्यक्ति छैन ।”,उनले भने।