यति थोरै जग्गामा दुई बेडरूमको घर, घरको मूल्य सुन्दा लाग्नेछ आश्चर्य!

हामी सबैलाई आकर्षक र फरक फरक डिजाइनका घर बनाउने शोक हुन्छ। कोई मानिस घरको लागि धेरै जमीन चाहन्छन् भने कोई सानो ठाउँमा पनि आकर्षक घर तयार पार्छन्। यस्तै एउटा घर अमेरिकाको सिकागोमा छ, जसलाई देख्दा जो कोईलाई पनि लाग्न सक्छ कि यस्तो पनि घर हुनसक्छ भनेर।

स्लाइस जस्तो देखिने यो घरको नाम पाई हाउस हो, जसलाई २००३ मा इलिनियोसको डियर फिल्डमा बनाइएको थियो। अहिले पातलो भएकै कारण यो एक आकर्षणको केन्द्रविन्दु भएको छ। यो घरलाई हेर्न स्थानीय पर्यटक आउने गर्छन्। अहले यो घरको तस्विर भाइरल भइरहेको छ। वास्तवमा यस घरलाई बेच्नको लागि यसको तस्विर प्रोपर्टी वेब साइटमा राखिएको थियो।

पाइ हाउस डिजाइन गर्ने ग्रेग वाइजम्यानसँग थोरै जग्गा थियो। यस जग्गाको सदुपयोग गर्न उनले १,१२२ वर्ग फिट ग्यालरी जग्गामा एक तले पातलो घर बनाए। यस घरको भित्ता ३ फिट चौंडाईको छ। पाइ हाउसमा दुई बेडरूम; एउटा माथि र एक तल छन्। साथै बाथरूम र खुला ठाउँको साथ पूर्ण फ्लोर बेसमेन्ट छ। यस घरको पार्किंग प्याडमा छ वटा कार पार्क गर्न सकिन्छ।

 

२००७ मा उक्त घर २.८४ लाख डलरमा बिक्री भयो। केही समय पछि घरको मालिकले यो घर ३.१० लाखमा बेच्न चाहे तर बिक्री भएन। जनावरीमा घर पुन: बिक्रिको लागि सम्पत्ती वेबसाइटमा राखिएको थियो। गत हप्ता मात्र यो घर २ लाख ६० हजार डलरमा अर्थात् लगभग ३ करोड १० हजार रुपैयाँमा बिक्री भएको थियो।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७१३:०७

दुनियाका यस्ता ५ देश, जसले परिवर्तन गरिसके देशको राजधानी !