आज सुन २९ दिन यताकै सस्तो, एक हप्तामा ३ हजार भन्दा बढीले घट्यो ! मूल्य सहित]

काठमाडौँ – बिगत देखि दिन देखि घटिरहेको सुनको मूल्य मंगलबार पनि घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैंयाले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सय तोकिएको छ । जबकी सोमबार सुनको मूल्य रु ९७ हजार ९ सय थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण गरिएको छ ।

सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।

सुनको मूल्य गत हप्ताको मंगलबार १ लाख ४ सय पुगेको थियो भने एक दिन स्थिर रहेर घट्न शुरु भएको थियो। त्यसयता सुनको मूल्य ३ हजार २ सयले घटिसकेको छ। मंगलबारको मूल्य साउन १२ गते यताकै सस्तो पनि हो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार ३ सय २० मा कारोबार भैरहेको छ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७०५:१७

एउटै वडाका ६ जनामा कोरोना पुष्टि !