मंगलबार यी कार्य नगरेकै राम्रो !

हिन्दू धर्ममा हनुमान जीको पूजाको लागि मंगलबारलाई उत्तम बताइएको छ। यदि तपाईं धन सम्बन्धि समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने हरेक मंगलबार बिहान बरको पात टिपेर त्यसलाई चोखो जलले शुद्ध बनाएर हनुमान जीलाई अर्पण गर्नुहोस्। यसो गर्दा आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ। कसैको कुण्डलीमा मंगलको दोष छ भने यस दिन बजरंगबालीको पूजा गर्नु निकै शुभ हुन्छ। मंगलबारको दिन केहि कार्य गर्नु अशुभ हुन्छ।

१. मंगलबारको दिन आर्थिक लेन-देनको कार्य गर्नु शुभ मानिदैन। यस दिन लिएको ऋण चुक्ता गर्नको लागि निकै मुश्किल हुन्छ र यस दिन दिएको ऋण फिर्ता आउन पनि निकै गार्हो हुन्छ।

२. धार्मिक मान्यताका अनुसार मंगलबार कपाल वा दारी काट्नु पनि अशुभ हुन्छ। यसो गर्नाले कुण्डलीमा मंगल दोष आउँछ।

३. मंगलबारको दिन शृंगारको सामना खरिद गर्नु हुँदैन। यस दिन शृंगारको सामग्री खरिद गर्दा वैवाहिक जीवनमा सम्बन्धमा समस्या आउँछ।

४. मंगलवार मासु र मदिरा सेवन गर्नु हुँदैन। यस दिन मासु र मदिराको सेवन गर्नाले तपाईंको क्रोधमा वृद्धि हुन्छ। यसले तपाईंको परिवार र सामाजिक जीवनमा नकरात्मक असर पार्छ।

 

५. मंगलबार कालो दाल सेवन गर्नु अशुभ मानिन्छ। वास्तवमा यो भनिन्छ कि शनि-मंगलको संयोग यस दिन कालो खाने व्यक्तिको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ।

६. मंगलबार दाजुसँग झगडा गर्दा दुर्घटनाको योग बन्छ। दाजुसँग मंगलको सम्बन्ध रहने मानिन्छ। त्यसैले एसो गर्दा परिवारमा पनि समस्या आउन सक्छ।

७. यस दिन कालो रंगको लुगा खरिद गर्नु शुभ मानिदैन। मंगलबारा रातो रंगको कपडा लगाउँदा मंगल दोष कम हुने धार्मिक विश्वास रहेको छ।

प्रकाशित : आइतबार, भदौ १४, २०७७१६:१०

भोलिबाट शुरु हुँदै सोह्र श्राद्ध: कुन तिथि कतिखेर गर्ने पिण्डदान ? यस्तो छ १६ वटै तिथिको समय !