काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी पदमा उनैलाई निरन्तरता दिन बलियो माग उठिरहेको छ।
यति बेला सर्वसाधारण, राजनीतिक दलका नेता-कार्यकर्ता देखि कलाकार सम्म प्राधिकरणको कार्यकारी पदमा कुलमानलाई नै निरन्तरता दिन माग गरिरहेका छन्।
देशबाट लोडसेडिङ हटाउन सफल नेतृत्वदायी भूमिका निभाएका कुलमान घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफा उन्मुख गराउन सफल भएका कारण अहिले सम्पूर्ण नेपाली उनको समर्थनमा छन्।
यसै बीच वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि कुलमानलाई सबैले सम्मान गर्नु पर्ने बताएका छन्। मंगलबार आफ्नो फेसबुक पेज मार्फत उनले कुलमानको उर्जाले देशको उर्जा बढ्ने उल्लेख गरेका छन्।
देशमा अन्धकार ल्याउनेको संख्या धेरै भएको उल्लेख गर्दै उनले ऊज्यालो ल्याउनेलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्। अन्धकार ल्याउनेहरुलाई खोजी खोजी हटाएर उज्यालो ल्याउनेलाई सम्मान गर्नुपर्ने उनको बुझाई छ।
यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ |
ऊज्यालो ल्याउनेलाई सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।Posted by Hari Bansha Acharya on Monday, August 24, 2020
“यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।”,फेसबुकमा हरिवंश लेख्छन्।
यस विषयमा आफ्नो धारणा राख्दै नायिका करिश्मा मानन्धरले कुलमान फेरि विद्युत प्राधिकरणमा चाहिने बताएकी छन्। थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुने भन्दै उनी कुलमन घिसिङ प्राधिकरणमा फेरी चाहिने बताउँछिन्।
“थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।”,उनी लेख्छिन्।