मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
गूढ़ तथा रहस्यमय विद्यामा रुचि बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। आध्यात्मिक सिद्धि मिल्ने योग छ। यात्रा गर्दा विशेष सावधान रहनुहोला। क्रोध तथा वाणीमा संयम राख्नुहोला। शत्रुसँग भने सावधान रहनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दाम्पत्य जीवन सुखमय रहनेछ। यात्राको योग बन्ने देखिन्छ। परिवार वा आफन्तसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विदेशमा रहेका आफन्तबाट शुभ खबर मिल्नेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना छ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। अधुरा रहेका कार्य पूरा हुने देखिन्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आकस्मिक खर्च हुनेछ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनसक्छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। पेट सम्बन्धि समस्याले सताउला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। घर-जग्गा तथा वाहन खरिद-बिक्रिको लागि समय उत्तम छैन। कार्यक्षेत्रमा समय अनुकूल नरहला। यस दिन पानी र स्त्री वर्गबाट सम्हालिएर रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ। गूढ़ तथा आध्यात्मिक क्षेत्रमा सिद्धि मिल्ने सम्भावना छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। भाई-बहिनीसँग आनन्दमय रूपले समय बित्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शारीरिक तथा मानसिक अस्वस्थता रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। वाणीमा संयम राख्नुहोला। परिवारमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शारीरिक तथा मानसिक प्रफुलाताको अनुभव हुनेछ। परिवारसँग आनन्दमय रूपले दिन बित्नेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। यात्राको योग रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। मित्रबाट उपहार प्राप्त हुनसक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्नो क्रोध र वाणीमा नियन्त्रण राख्नुहोला। परिवारमा मदभेद हुने सम्भावना छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अधिक खर्च हुँदा आर्थिक समस्याको सामना गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घरमा शुभ कार्यक्रम आयोजना हुनसक्छ। धन लाभको योग रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने देखिन्छ। आर्थिक लेन-देनको लागि समय उतम रहेको छ। साथीहरुसँगको भेटले मन प्रशन्न रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहेनछन्। हरेक कार्य सरलतापूर्वक सफल हुने देखिन्छ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहने देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। गृहस्थजीवन आनन्दमय रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शारीरिक थकान तथा मानसिक तनाब महशुस गर्नुहुनेछ। सन्तान सम्बन्धि समस्याले मन चिन्तित रहन सक्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवाद पनि हुनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।