भोलि काठमाडौँ उपत्यकाका यी स्थानमा बत्ति नहुने !

काठमाडौँ – बुधबार दिउँसाे काठमाण्डाैका विभिन्न ठाउँमा विद्युत कटौती हुने भएको छ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखकाे हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कार्य गर्नको लागि त्यहाँबाट वितरण हुने क्षेत्रमा विद्युत कटौती हुने भएको हो। उक्त कार्य बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म चल्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

यस सम्बन्धमा प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै जानकारी गराएको छ। सार्वजनिक सूचनाका अनुसार बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसलवान टोल, सिभिल होम्स लगायतका क्षेत्रमा विद्युत कटौती हुनेछ।

त्यस्तै टौखेल, सितापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सिता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट, भिमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

“कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखकाे हाँगाविगा कटान कार्य , लाइन मर्मत कार्य तथा केवल हेड मर्मत कार्य को लागि स्विचाटार -स्वयम्भु फिडर मिति २०७७ -५ -१० गते बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु बाफल पुल, सोल्टी दोबाटो , बुढाथाेकी काेल्ड स्टाेर, मुसलवान टाेल, सिभिल होम्स , टाैखेल, सितापाइला , त्रिशक्ती केवल , ज्याेती एकेडमी, शुभेच्छा हस्पिटल, गाेल्छा, शरणपुर, रानीपाटी, छकडाेल , सिता हाेम्स, थापाचाेक, आदेश्वर मन्दिर, इच‌गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी , फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भिमढुँगा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरुद्ध हुने भएकाेले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै‌ं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”,प्राधिकरणले एक सूचना जारी गर्दै भनेको छ।

प्रकाशित : मङ्गलबार, भदौ ०९, २०७७११:१५

उपत्यकामा निषेधाज्ञा थप्ने बारे निर्णय हुँदै !