मुग्लिन – सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
एक सातापछि उठ्यो भरतपुरको फोहोर
स्थानीयको अवरोधका कारण एक सातादेखि उठ्न नसकेको भरतपुर महानगरको फोहोर उठ्न शुरु भएको छ । फोहोर व्यवस्थितरुपमा बिसर्जन गर्ने विषयमा स्थानीय टोल सुधार समितिसँग सहमती गरी फोहोर उठाउन थालिएको हो । हाल महानगरले भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन नजिकै फोहोर बिसर्जन गर्दै आएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दीर्घकालिन रुपमा फोहोर व्यवस्थापनको काम भैरहेको भए पनि समय लाग्ने भएकाले अस्थायीरुपमा विगतमा बिसर्जन गरिएकै ठाउँमा फोहोर फालिएको बताइन् । स्थानीयको मागलाई सम्बोधन गर्दै व्यवस्थित बिसर्जन गर्ने गरी फोहोर उठाउन थालिएको उनले जानकारी दिइन् । बुधबार सहमति भएसँगै आजदेखि महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिने भएको छ ।
महानगरले दीर्घकालिन रुपमा फोहोर व्यवस्थित गर्दैछ । दाहालका अनुसार कोरीयन सरकारको सहयोगमा आँपटारीमा व्यवस्थित डम्पिङ साइड बन्दैछ । सो क्षेत्रको १५ बिगाह वन क्षेत्रको सोधभर्ना गर्ने गरी महानगरले माडीमा १५ बिगाह जमीन खरिद गरेर वन बनाउँदै छ ।
झण्डै एक वर्ष अघि कोरीयन सरकारसँग सम्झौता गरी बिस्तृत अध्ययन प्रतिवेदनको काम कोरीयन कम्पनीले नै गरिरहेको उनले जानकारी दिइन्।
कोरेना सङ्क्रमणका कारण काममा केही ढिलाई भएको हो । सेप्टेम्बरको अन्त्यसम्ममा प्रतिवेदन तयार हुनेछ । कोरीयन सरकारकै रु ९ करोडको खर्चमा प्रतिवेदन बनिरहेको छ । योसँगै फोहोर बिसर्जनको उपयुक्त विधिसहित काम अघि बढ्ने छ । त्यसको सहयोग कोरीयन सरकारले नै गर्ने दाहालको भनाइ छ । फोहोरबाट ऊर्जा, प्राङ्गारीक मल, पुनः प्रयोग लगाएतको काम गरिनेछ ।