लियोनल मेस्सीको बार्सिलोना छाड्ने घोषणाले अहिले विश्वभरका खेल प्रेमीलाई चकित पारेको छ। तर अहिले उनको यो घोषणाले बार्सिलोना बोर्ड र उनी बीच रिलिज क्लजलाई लिएर बहस खडा गरेको एक स्पेनिस खेल्कुत वकिलले बताएका छन्। मेस्सीको कन्ट्रयाक्टमा हरेको सिजनको अन्तिममा उनले फ्री मा क्लब छोड्न पाउने सर्त भएकोले उनले फ्रीमा बार्सिलोना छोड्न पाउने दाबी मेस्सी पक्षले गरिरहेको छ भने बार्सिलोनाको भनाई छ कि उक्त्र सर्त जुन अन्तिमसम्म मात्र मान्य हुने बताएको छ।
मेस्सी भन्दा बार्सिलोनाको पक्ष मजबूत
केहि दिन अगाडि मात्र मेस्सीले आफूले बार्सिलोना छाड्ने निर्णय गरेको एक फ्याक्स मार्फत बार्सिलोना बोर्डलाई जानकारी गराएका थिए। १३ वर्षको उमेर देखि बार्सिलोनाबाट खेल्दै आएका मेस्सी र क्लब बीचको सम्बन्ध पछिल्लो १२ महिना यता बिग्रदै आएको थियो। मेस्सी क्लबका अदक्स्य जोसेफ मारिया बर्तमाउसँग खुसी नरहेको पनि बताईदै आएको थियो।
मेस्सीका वकिलले मेस्सीले २०१७ मा हस्ताक्षर गरेको अनुबन्धमा उनले हरेक सिजनको अन्त्यमा फ्रीमा क्लब छोड्न पाउने सर्त छ यदि उनले जुन १० सम्ममा क्लब छोड्न आग्रह गरे भने मात्र। तर कोरोना भाइरसको कारण खेल तालिका प्रभावित भएकाले सिजन भर्खरै मात्र अन्त्य भएकोले उक्त सर्त पनि अहिलेसम्म लागू हुनु पर्ने उनले बताएका छन्।
तर क्लब भने यो कुरा मान्न तयार छैन। क्लबका एक पदाधिकारीका अनुसार उनको उक्त सर्त जुन सम्मको लागि मात्र मान्य हुनेछ र अब उनलाई अनुबन्ध गर्न कुनै पनि क्लबले उनको रिलिज क्लज ७०० मिलियन यूरो (८२७ मिलियन डलर) तिर्नु पर्ने बताएका छन्।
मलाई लाग्छ बार्सिलोना अहिले बलियो स्थितिमा छ तर मेस्सीले निश्चित बार्सिलोनाको कमजोरी देखाइदिएका छन्,’स्पानिसका फुटबल खेलाडी युनियन एएफईका सल्लाहकार, खेलकुद र व्यवसायका वकील सान्टियागो नेबोटले रोयटर्सलाई भने। ‘यदि मेस्सीले बार्सिलोनालाई म फ्रीमा क्लब छोड्न चाहन्छु भने र बार्सिलोनाले उनको आग्रह आविस्कार गर्यो भने उनले केहि गर्न सक्दैनन्,’नेबोटले भने।