सुशान्त सिंह राजपूत केशमा रिया चक्रवर्ती अल्झिरहेकी छिन्। सुशान्तका पिता केके सिंहले रिया चक्रवर्तीलाई खुलेर आरोप लगाएका छन्। केके सिंहका अनुसार रियाले लामो समय देखि सुशान्तलाई विष पिलाईरहेकी थिईन् र उनी सुशान्तको हत्यारा हुन्। उनले रिया र उनका सहयोगीहरुलाई चाँडो भन्दा चाँडो गिरग्तार गर्न माग गरेकी छिन्।
सुशान्तका पिताको वकिल विकास सिंहले अभिनेत्री रिया चक्रवर्तीले सुशान्तलाई प्रतिबन्धित ड्रग दिएको आशंका व्यक्त गरेका छन्। वरीष्ठ अधिवक्ताले भने – ‘यस्तो लाग्छ कि रियाले सुशान्तलाई जानकारी नदिई प्रतिबन्धित ड्रग दिने गर्थिन् ताकि उनको दिमागलाई नियन्त्रण गरी आफ्नो मनोमानी गर्न सकियोस्।’
सुशान्तका पिताको वकिलले भने कि अभिनेताको परिवारलाई पहिले सोचेका थिए कि जुन ड्रग अधिक मात्रामा दिईएको थियो त्यो चिकित्सकको परामर्श अनुसार दिईएको होला तर अहिले यस्तो लागिरको छ कि सुशान्तलाई जानकारी बिना नै प्रतिबन्धित ड्रग दिईएको थियो। यस्तो लाग्छ कि उनलाई सामान्य स्थितिमा नराख्नको लागि ड्रग दिईएको हुन् सक्छ।
सीबीआईले सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा अभिनेतासँगै फ्ल्याटमा बस्ने उनका साथी सिद्धार्थ पिठानीसँग लगातार छैठों दिन सोधपुछ गरेका छन् । एक प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार सान्ताक्रुजमा कलिना स्थित डीआरडीओको गेस्ट हाउसमा ६ घण्टाबढी समयसम्म पिठानीसँग सोधपुछ गरिएको छ।
सुशान्त १४ जूनमा बान्द्रा स्थित आफ्नो फ्ल्याटमा मृत भेटिएको थियो। त्यतिबेला उनको फ्ल्याटमा पिठानी, भान्से नीरज सिंह र घरेलू सहायक दीपेश सावन्त थिए।