रिया गुहार – ‘सुरक्षा दिनुस्, बाँच्न गार्हो भयो’

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती र उनका परिवार माथि अनेक प्रश्न उठेको छ। सीबिआईले यस घटनाको अनुसन्धान गरिरहेको छ। यसै बीच रियाले एक भिडियो सार्वजनिक गर्दै आफ्नो परिवारको सुरक्षाको माग गरेकी छिन्। उनले भनेकी छिन् कि उनी सीबिआई, प्रवर्तन निर्देशालयका साथै सबै अनुसन्धानमा सहयोग गर्न तयार छिन् तर उनलाई आफ्नो परिवारको चिन्ता छ।

रियाले आफ्नै आधिकारिक इन्स्टाग्राम अकाउन्ट मार्फत एक भिडियो साझा गरेकी छिन्। उक्त भिडियोमा देख्न सकिन्छ कि उनकी पिता इन्द्रजीत चक्रवर्तीलाई मिडियाले घेरिरहेका छन्। यो भिडियो साझा गर्दै रियाले मुम्बई पुलिस तथा अन्य जाँच एजेन्सीसँग आफ्ना परिवारको लागि सुरक्षाको माग गरेकी छिन्।

https://www.instagram.com/p/CEYg61Nnwoe/?utm_source=ig_embed&utm_campaign=loading

रिया चक्रवर्तीले यो भिडियो साझा गर्दै एक लामो क्यप्शन लेखेकी छिन्। उनी आफ्नो पोस्टमा लेख्छिन्,’यो मेरो भवन भित्र हो। भिडियोमा देखाइएका व्यक्ति मेरो बुबा इन्द्रजित (रिटायर्ड आर्मी अफिसर) हुन्। हामी घर बाहिर निस्केर ईडी, सीबीआई र अन्य सबै जाँच एजेन्सीहरूलाई सहयोग गर्न चाहन्छौं, तर मेरो जीवन र मेरो परिवारको जीवन यहाँ खतरामा छ।

रिया चक्रवर्तीले पोष्टमा थप लेखेकी छिन्,’हामीले यस बारे स्थानीय प्रहरी चौकीलाई पनि जानकारी गरायौं र त्यहाँ गएर गुनासो पनि गर्यौं तर कुनै सहयोग प्राप्त भएन। हामीले यसबारे अनुसन्धान एजेन्सीहरूलाई पनि भन्यौं र सहयोगको लागि अपील गर्यौं, तर त्यहाँबाट पनि कुनै सहयोग आएको छैन। यहाँ परिवार कसरी बाच्नु? जबकि हामी केवल मद्दतको लागि सोधिरहेका छौं। आफ्नो पोस्टको अन्तिममा रिया चक्रवर्ती मुम्बई पुलिसलाई ट्याग गर्दै लेख्छिन्,’म मुम्बई पुलिसलाई सुरक्षा प्रदान गर्न अनुरोध गर्छु ताकि हामी सबै एजेन्सीहरूलाई सहयोग गर्न सकौं।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७१५:५७

फिल्म भन्दा प्लास्टिक सर्जरीका कारण बढी चर्चामा रहे यी नायिका !