भोलि भदौ १२ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

क्रोध तथा वाणीमा संयम राख्नु पर्ने देखिन्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला। मनमा व्यग्रता रहला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक थकान तथा मानसिक तनाबको अनुभव हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। खान-पानमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। कार्यभार अधिक रहनेछ। यात्रा गर्दा सावधान रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। परिवारजन तथा मित्रगणका साथ रमणीय यात्राको योग रहेको छ। स्वादिष्ट एवम उत्तम भोजन, नयाँ वस्त्र पाउँदा तपाईं प्रशन्न रहनुहुनेछ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यापार व्यवसायमा विशेष लाभ प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। परिवारमा आनन्दमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। खर्चमा वृद्धि हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा विशेष सफलता मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। क्रोधमा भने संयम राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक प्रफुल्लताको अनुभव हुनेछ। दाम्पत्य जीवनमा वाद-विवाद बढ्न सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। घर-जग्गा तथा वाहन खरिद-बिक्रि गर्नको लागि समय उत्तम छैन। आर्थिक लेन-देनको लागि पनि समय शुभ छैन।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। आफन्तजनसँग भेटघाटको अवसर मिल्नेछ। शारीरिक तथा मानसिक रूपले प्रशन्नता रहनेछ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। मनमा नकारात्मक भावना उत्पन्न होला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारमा अशान्तिपूर्ण वातावरण रहला। क्रोध तथा वाणीमा संयम राख्नुहोला। वैचारिक रूपमा नकारात्मक भावना उत्पन्न होला। शरीरक तथा मानसिक अस्वस्थताको अनुभव होला। मनमा ग्लानिको भावना रहला। विद्यार्थीको लागि समय शुभ छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धार्मिक यात्राको योग बन्ने देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहने देखिन्छ। शारीरिक तथा मानसिक रूपले स्वस्थ महशुस हुनेछ। परिवारमा मांगलिक कार्यको आयोजना हुनसक्छ। सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक तथा अध्यात्मिक विषयमा रुचि बढ्नेछ। व्यापार व्यवसाय क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ला। मानहानि हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। परिश्रम अनुसार सफलता नमिल्दा मन चिन्तित रहन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

व्यापार व्यवसायमा समय लाभदायक रहेको छ। मित्रगणसँग भेटघाट हुँदा मन प्रशन्न रहला। यात्राको योग रहेको छ। नयाँ कार्यको आरम्भको लागि समय उत्तम रहेको छ। वैवाहिक जीवन सुखमय रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। व्यापारमा विस्तार हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। बुवाबाट लाभ मिल्ने सम्भावना रहेको छ।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७१५:२६

भोलि भदौ १३ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!