यी ग्रहको अशुभ प्रभावको कारण मानिस लाग्छन् गलत मार्गमा, जान्नुहोस् बच्ने उपाय !

ज्योतिष शास्त्रका अनुसार ग्रहको शुभ-अशुभ प्रभाव मानिसको पूरा जीवनमा पर्छ। ज्योतिषमा कूल ९ ग्रह उल्लेख गरिएको छ, जसमा कसैलाई शुभ ग्रह मानिन्छ त कुनैलाई पापी ग्रह भनिन्छ। जब पापी ग्रहको स्थिति अशुभ हुन्छ तब त्यसको प्रभावका कारण मानिस गलत काम गर्न लाग्छन्। यसको अर्थ यो होइन कि हरेक गलत काम गर्ने मानिसमा ग्रहको नकारात्मक प्रभाव परेको हुन्छ तर केहि मानिस अशुभ ग्रहको प्रभाव परेकै कारणले गलत काममा फसेका हुन्छन्। जान्नुहोस् कुन ग्रहको अशुभ स्थितिले व्यक्तिलाई गलत कार्यको बाटोतर्फ डोर्याउँछ।

ज्योतिष शास्त्र अनुसार शनि, राहु र केतुलाई पापी ग्रह मानिन्छ। यी ग्रहहरूको अशुभ अवस्थाका कारण, व्यक्ति गलत मार्गमा हिँड्छ र पाप कर्म गर्न थाल्छ। तर सधैं यस्तो हुँदैन, यी ग्रहहरूको शुभ स्थितिले एक व्यक्तिको लागि सद्गुणको मार्ग देखाउँछ। जब यी ग्रहहरू अशुभ हुन्छन् तब मानिसमा कस्ता अवगुण आउँछन् त? जान्नुहोस् ..

शनि  

शनिको अशुभ प्रभावको कारण व्यक्ति अल्छी हुन्छ। उसको व्यवहार अरूको लागि लापरवाह र कठोर हुन लाग्छ। शनीको नराम्रो दृष्टि भएका मानिस सर-सफाई र अनुशासनमा ध्यान दिदैन। उक्त व्यक्ति खराब कर्म तिर लाग्न थाल्छ। तर जब कुनै व्यक्तिमा शनिको शुभ दृश्य हुन्छ, तब उक्त व्यक्तिले आफ्नो साथै सामाजको कल्याण पनि गर्छ।

शनिको अशुभ प्रभावबाट बच्ने उपाय 

शनिको अनुग्रह प्राप्त गर्नको लागि हनुमानको पूजा गर्नुपर्छ।
हरेक शनिबार साँझ पीपलको रुख मुनि तोरीको तेलका बत्ती बाल्नुपर्छ।

राहु 

ज्योतिष शास्त्रका अनुसार कुनै पनि व्यक्तिमा पापी ग्रह राहुको अशुभ प्रभाव पर्छ भने त्यो व्यक्ति अरु मानिससँग छल-कपट, धोका दिने जस्ता नराम्रो कार्य गर्न लाग्छ। यी व्यक्ति लागू पदार्थको लतमा फस्छन्। तर जब कुनै व्यक्तिको राहु शुभ अवस्थामा हुन्छ तब ऊ आध्यात्मिकतातर्फ आकर्षित हुन्छ र कुनै खराब काम गर्दैन।

राहुको अशुभ प्रभावबाट बच्ने उपाय 

सधैं साहाकारी भोजन सेवन गर्नुपर्छ।
भगवान शिवको पूजा गर्नुपर्छ।

केतु 

यदि कुनै मानिसमा केतु अशुभ छ भने त्यो व्यक्ति सहि मार्ग छोडेर गलत मार्गतिर लाग्छ। यस्ता मानिस नास्तिक हुन्छन्। हरेक नकारात्मक कुरामा इश्वरलाई दोषी ठान्छन्। मानसिक असन्तुलनको कारण नराम्रो कार्य गर्न थाल्छन्। तर जब यो ग्रहले शुभ परिणाम दिन्छ, व्यक्ति तीर्थयात्रा गर्न शुरू गर्छ, र भगवान प्रति श्रद्धाभाव राख्न थाल्छ। केतुको शुभ प्रभावहरूले व्यक्तिलाई राम्रो काम गराउँछ।

केतुको अशुभ प्रभावबाट बच्ने उपाय 

केतुको दुषप्रभावबाट बच्न व्यक्तिले गणपति महाराजको पूजा र आराधना गर्नुपर्छ।

प्रकाशित : शुक्रबार, भदौ १२, २०७७१५:१४

शुक्र ग्रहले गर्दैछ राशि परिवर्तन, यी राशिका लागि अत्यन्त शुभ !