काठमाडौँ – नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् । शुक्रवार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा पहिलो महिला नेपाल आइडल बनेकी हुन्। मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन्।
![]()
कोभिड–१९ को महामारीका कारण एपी वान टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गरिएको थियो। नेपाल आइडलकै एक सदस्यमा संक्रमण भएपछि फाइनल घोषणा कार्यक्रम राखिएको थिएन। प्रबिण फस्ट रनरअप र किरण सेकेण्ड रनरअप बनेका छन्।
विजेता चौलागाँईले ‘नेपाल आइडल-३’ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्। उक्त कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।
![]()

