काठमाडौँ – कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
शनिबार आएको रिपोर्ट अनुसार कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको हो। प्रभागमा कार्यरत केहि प्रहरीमा ज्वरो आएपछि परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको बताइएको छ। दुई जनामा यस अगाडी नै कोरोनाको पुष्टि भएको बताइएको छ।
कोटेश्वर ट्राफिक प्रहरी प्रभावका अनुसार त्यहाँ कार्यरत दुई जनामा ज्वरो आएपछि बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १९ जनामा कोरोनाको पुष्टि भएको हो।
अहिले सम्म काठमाडौँ उपत्यकाका ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ।