काठमाडौँ उपत्यकामा थपिए १८६ संक्रमित, देशभर यति थपिए !

काठमाडौँ – शनिबार काठमाडौँ उपत्यकामा १ सय ८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८६ जनामा कोरोनाको पुष्टि भएको हो।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिए। डा. गौतमका अनुसार काठमाडौँमा १५५ जना, ललितपुरमा १९ जना तथा भक्तपुरमा १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि छ।

शनिबार देशभर थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोनाको पुष्टि भएको गौतमले जानकारी दिए।

शनिबार पुष्टि भएकाहरुमा २ सय ४२ महिला र ६ सय ५२ पुरुष रहेका छन्।

प्रकाशित : शनिबार, भदौ १३, २०७७१०:५०

कैलालीमा निषेधाज्ञा अवधि थप