झझल्को पहिलेकै ; नेकपा कार्यकर्ताको कालो ब्यानर देखि भित्तेलेखन सुरु …

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कुल भन्दै शैक्षिक संस्थामा  कालो ब्यानर  टाँगेको छ।

संगठनले शैक्षिक माफिया होसियार भन्ने नारा लेखिएको कालो ब्यानर रुपन्देही,नवलपुर,अर्घाखाँची र पाल्पाका  शैक्षिक संस्थामा राखेको हो।

शैक्षिक माफियालाई सामाजिक बहिष्कार गरौँ भन्ने नारा लेखिएको ब्यानर सगरमाथा अंग्रेजी बोर्डिङ स्कुल, खैरेनी देवदह, सञ्जीवनी नर्सिङ कलेज, नमस्ते एकेडेमी तिलोत्तमा, न्यू एकेडेमी इङ्लिस बोर्डिङ, सैनामैना, सिद्धार्थ मेडिकल कलेज, मुकन्दसेन इङ्लिस बोर्डिङ स्कुल गैँडाकोट नवलपुर, अक्सफोर्ड इन्जिनियरिङ कलेज गैडाकोट नवलपुर र सेन्ट जोसफ इङ्लिस बोर्डिङ स्कुल , देबचुली र अर्घाखाँची माध्यमिक बोर्डिङ सन्धिखर्कमा राखेको बताइएको छ।

यस्तै नेपाल कम्नियुष्ट पार्टीले यस अघिको माओवादी जनयुद्दकै झझल्को दिनेगरि भित्तेलेखन र जनश्रमदान सुरु गरेको छ। पार्टीमाथि प्रतिवन्ध लगाएपछि पार्टीका नेता कार्यकर्ता पक्राउ परिरहेको अवस्थामा नेकपाले संगठन सुदृढीकरण तथा बिस्तार अभियानमा तिव्रता दिँदै गाउँ-गाउँमा भित्तेलेखन सुरु गरेको हो।

नेकपाले धरान उप–महानगरपालिका, इटहरी उप–महानगरपालिका, बराह नगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र रामधुनी नगरपालिका लगायतका स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा भित्तेलेखन गरेको सो पार्टीका नेता क्षितिजले बताए।

नेकपाले भित्तेलेखनमा एकीकृत जनक्रान्ति – जिन्दावाद, दलाल पँुजीवादी सत्ताको विकल्प – बैज्ञानिक समाजबाद, जन हत्यारा सरकार – मुर्दाबाद, नेकपामाथि लागएको प्रतिबन्ध – खारेज गर, भ्रष्टाचारीहरुको सम्पत्ति – राष्ट्रियकरण गर, जनसत्ता – लागु गरौं, बैज्ञानिक समाजवाद – जिन्दावाद, संसदीय व्यवस्था – मुर्दावाद लगायतका दर्जनौं नाराहरु लेखेको छ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि गत फाल्गुणमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित : आइतबार, साउन १२, २०७६०५:५१

महीनावारी नबारे पैसा पाइने